सहकारी संस्थाहरुबाट तोकेको समयमा ऋण नतिरे बर्दघाट नगरपालिकाले सबै सेवा सुविधा रोक्का गरिदने

0 Shares

सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुलाई निर्धारित समय भित्रै सोको सावाँ ब्याज भुक्तानी गर्न पटक पटक ताकेता गर्दा समेत ऋण चुक्ता नगरेका कारण सहकारी संस्थाहरुमा सदस्यको बचत फिर्ता गर्न समस्या परेकोले ऋण असुलीमा सहजीकरण गर्न सहकारी संघ संस्थाहरुबाट अनुरोध भई आएको सन्दर्भमा यो सुचना प्रकाशित गरिएको छ ।
यस नगरपालिकाको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका सम्पूण ऋणी शेयर सदस्यहरुलाई समयमै ऋणको साँवा व्यान भुक्तानीका लागि नगरपालिका हार्दिक अनुरोध गर्दछ । निर्धारित समयमै ऋण र ऋणको ब्याज चुक्ता नगरेका बर्दघट नगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ बमोजिम जायजेथाबाट असुलीको प्रकृया अगाडि बढाईनुका साथै बर्दघाट नगरपालिकाद्धारा प्रदान गरिने सेवा सुविधा रोक्का गर्न सकिने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।

Leave a Reply