लोकेश्वर सहकारीले ग-यो सरसफाई कार्यक्रम सम्पन्न

0 Shares

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भक्तपुर नगरका सम्पदाहरुको रुपमा रहेको इन्द्रायणी पीठ प्रा·नदेखि ख्यो पुखु (धवाहिटी पुखु) हु“दै कालदह (कालिदह) सम्मको सडक तथा सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन्न भयो । संस्थाका पुर्व अध्यक्ष एवं भनपा वडा नं. २ का जननिर्वाचित वडा सदस्य श्याम सुन्दर मातांले नगरपालिकाको एक सहकारी एक सम्पदा अन्तर्गत लोकेश्वर साकोसले बार्षिक रुपमा विभिन्न सम्पदास्थलहरुको सरसफाई गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो । सामाजिक संघ, संस्था, विद्यालयहरुले पनि यस प्रकारको सरसफाई कार्यलाई निरन्तर गर्दै जानु पर्ने औल्याउनु भयो । भक्तपुरमा दशकौं अगाडि नै स्थानीय जनताको बचत लिएको विभिन्न सहकारी भागिसकेकोले त्यस्तो घटनाबाट बचतकर्ताले चेतना लिनुपर्ने तर हालसम्म पनि हाम्रै टोल छिमेकका दाजु–भाई, दिदि–बहिनीहरुको पैसा त्यस्ता सहकारीहरुबाट लिएर भागेको सुन्नु पर्दा दुखद् हुने बताउनु भयो । तसर्थ नगरपालिकाले हाल नगरका संकास्पद सहकारीहरुको विभिन्न समयमा अनुगमन तथा सुसूचित गर्दै आएको बताउनु भयो ।
आयोजक संस्थाका अध्यक्ष राजन जतिले सहकारी संस्था समुदायमा आधारित हुने भएकोले वित्तिय कारोबारमा मात्र सिमित नभई सामाजिक तथा सा“स्कृतिक कार्यमा पनि लागि रहेको बताउनु भयो । हाम्रो बचत जुनसुकै सहकारीमा जथाभावी राख्न नहुने र राख्नै परे स्थानीय रुपमा संचालन हु“दै आएको प्रतिष्ठित सहकारीमा मात्र राख्नु पर्ने बताउनु भयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य मन्जुमैंया लाखाजुले नपाले भक्तपुको भ्रमणमा आउनुहुने आन्तरिक तथा बाह्य पर्यटकलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरुबारे सुसूचित गराउने उद्देश्यले पर्यटन प्रबद्र्धनको लागि सांस्कृतिक सम्पदा पदयात्रा अन्तर्गत यहि साउन २० गते ‘भक्तपुरको पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नारा सहित हुन लागेको बताउनु भयो । उक्त कार्यक्रमको सफलताको लागि लोकेश्वर साकोसले सांस्कृतिक सम्पदा क्षेत्रहरुको सरसफाई आयोजनामा गरेकोमा खुसी व्यक्त गर्दै धन्यबाद दिनुभयो । संस्थाका विभिन्न समिति, उपसमितिका पदाधिकारी, कर्मचारी तथा स्थानिय जनताको उल्लेख्य सहभागी रहेको उक्त सरसफाई कार्यक्रममा कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले पनि बोल्नु भएको थियो ।

 

 

Leave a Reply