आईडियल सहकारी २५ औं रजतबर्षमा,अब सदस्यहरुले झन पाउने भए २५ कार्यक्रम मार्फत उत्कृष्ट सेवा
सप्तरीको राजविराजमा रहेको आईडियल सहकारी संस्थाले लि. २५ औं बर्षमा प्रवेश गरेको छ । १४ हजार ४ सय २५ जान सदस्यहरु प्रतिको विश्वास जित्न सफल भएको संो सस्थामा इमान्दार र लगनशीलताका साथ कार्य गर्ने २१ जना कर्मचारी र ५ जना बजार प्रतिनिधि रहेका छन् ।
सहकारी संस्थाको समग्र अवस्था स्थिति मूल्यांकन गर्ने पल्र्स मापदण्ड बमोजिम बचत संकलन ऋण परिचालन, बाह्य ऋण भाखा नाघेको ऋण जस्ता क्षेत्रमा आईडियल सहकारी संस्था अब्बल स्थानमा रहेको देखिन्छ । देशले सामना गरिरहेको आर्थिक मन्दीका कारण सबै क्षेत्र मारमा परेको अवस्थामा पनि संस्था विचलित नभई आफ्नो लक्ष्य प्राप्तिको दिशामा निरन्तर अगाडि बढिरहेको छ । पल्र्स मापदण्डले भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा कम हुनुपर्ने तर तोेकेको अवस्थामा संस्थाले ४ दशमलव ९८ प्रतिशतको अवस्थामा छ । मापदण्ड बमोजिम असल ऋण प्रभाव तथा बचत परिचालन ७० देखि ८० प्रतिशत हुनुपर्नेमा त्रक्रमशः ६५ दशमलव ०१ प्रतिशत र ७१ दशमलव ३५ प्रतिशतको उत्साहजनक अवस्थामा रहेकोछ । पल्र्स मापदण्ड बमोजिम कुल सम्पत्तिको अनुपातमा संस्थागत पूँजी १० प्रतिशत हुनुपर्नेमा आईडियल सहकारीको संस्थागत पुँजी ९.२९ प्रतिशत रहेको छ ।
पल्र्सको मापदण्ड बमोजिम संस्थाको आर्थिक तरलता कम्तिमा १५ प्रतिशत हुनुपर्नेमा संस्थाको ६.४२ प्रतिशतको उत्कृष्ट अवस्थामा रहेको छ भने बाह्य ऋण नगण्य मात्रामा रहेको छ । मापदण्डले सहकारी संस्थाको बाह्य ऋण ५ प्रतिशत भन्दा कम हुनुपर्ने ताकेको अवस्थामो सस्थाको बाह्य ऋण ०.३६ प्रतिशत मात्रै रहेको छ । कोरोना भाइरसको माहामारी, देशले भोगिरहेको आर्थिक मन्दी, युक्रेन र रुस बीचको लामो समय देखि चलिरहेको युद्धको प्रभाव मुलुकको सबै क्षेत्रमा परेको अवस्थामा पनि आइडियल सहकारी संस्थाले आफ्नो कारोबारलाई दृढता र सबलतापूर्वक संचालन गर्न सक्षम भएको छ । संस्थाको सबलता र सक्षमताको फलस्वरुप गत आर्थिक बर्ष २०७९÷०८० मा रु ४ करोड ३५ लाख ७१ हजार ७ सय ११ रुपैया ४८ पैसा खुद मुनाफा गर्न सफल भएको छ । कुल ११ करोड ३० लाख ४ सय शेयर पुँजी रहेको यस संस्थाले आफ्ना सदस्यहरुबाट रु ८५ करोड ९० लाख ३८हजार ७सय७८ रुपैया ८५पैसा निक्षेप संकलन गरेको जानकारी गराएको छ ।
संस्थाले १ हजार २ सय ८३ जना व्यक्तिलाई कुल ८१ करोड ३६ लाख ७९ हजार ८ सय ५८ रुपैया ६७ पैसा ऋण लगानी गर्दै कुल १ अर्ब २० करोड ३९ लाख ४५ हजार ७ सय २९ रुपैया ६३ पैसाको वासलात रहेको छ ।
सहकारी विभाग नियमनकारी निकायको नीति निर्देशन तथा राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुन को मार्गदर्शनलाई आत्मसात गर्दै संस्था अगाडि बढिरहेका छ । नेफ्स्कुनले देशैभर सहकारी संस्थाहरुको समग्र पक्षको मुल्यांकन गरी रेटिङ्गका लागि तोकिएका आधार र मापदण्डहरु समेत आइडियल सहकारी संस्थाले पुरा गर्दै आईरहेको छ यसैगरी राष्ट्रिय सहकारी बैंकद्धारा संचालित केयर स्तरीकरण कार्यक्रममा समेत संस्था सहभागी रहेको छ । सोबाट प्राप्त हुने गरेको सुझावहरुलाई संचालक समितिबाट लागुगर्ने गरिएको समेत जानकारी गराइएको छ ।
संस्थासँग आबद्ध ६ हजार ९ सय २७ महिला र ७ हजार ४सय ४२ जना पुरुष सदस्य र ५६ संस्थागत सदस्य गरी कुल १४ हजार ४ सय २५ जना सदस्यहरुको सुविधाका लागिे हनुमाननगर र पातोमा सेवाकेन्द्र समेत संचालनमा ल्याएको छ । विदेशमा कार्यरत व्यक्तिहरुले विभिन्न रेमिट्यान्स मार्फत पैसा घर पठाउने गर्दा अनेक झण्झट ब्यहोर्नू पर्ने अवस्थालाई ध्यानमा राख्दै हामीले सेवा प्रवाहलाई सहज र सरल बनाउन बिदेशबाट सिधै आफ्नो खाामा पैसा पठाउने व्यवस्था गरेका छौं । अहिलेको अवस्थामा हामीले कुवेत सिंगापुर र जापानमा बस्ने व्यक्तिको हकमा सिधै आइडियल सहकारी संस्थामा रहेको आफ्नो खातामा पैसा पठाउने व्यवस्था मिलाएका छौं केहि दिनभित्रै खाडी मुलुकमा रहेका कामदारहरुका लागि समेत सो सेवा संचालनमा ल्याउन लागेका ेजानकारी गराउँछौं ।
संस्थाले आफ्ना खाताधारीलाई आईडियल मोबाइल एप मार्फत विभिन्न सेवा प्रदान गरिररहेको अवगत नै छ । २५ औं बर्षमा प्रवेशको अवसरमा आफ्ना सदस्यहरु निक्षेपकर्तालाई आकर्षित, प्रोत्साहित तथा संस्थाप्राति अझ अपनत्वको भावना विकास गर्नका लागि संस्थाले संचालन गरिरहेको विभिन्न कार्यक्रमहरुमा नयाँपन ल्याएको जानकारी गराउन चाहान्छु । संस्थाले आफ्ना सदस्यहरुलाई नियमित बचतको बानी बिकास गर्नुका साथै बचतकर्ता वा बचतकर्ता परिवारका सदस्य बिरामी भई उपचार गर्नुपर्ने अवस्थामा सहयोग हुने गरी भविष्य समृद्ध बनाउन नियमित मासिक बचत कार्यक्रम ल्याएको छ । संस्थाले बाल बचतकर्ताको जन्म दिनको अवसरमा केक उपहार दिने तथा फेसबुक पेज मार्फत शुभकामना सन्देश पोष्ट गर्ने जस्ता बालबालिका भविष्य बचत खातामा बिशेष व्यवस्था गरिएको जानकारी गराएको छ ।
त्यसैगरी संस्थाले ६० बर्षभन्दा माथिका जेष्ठ सदस्य बचतकर्ताहरुलाई ध्यानमा राखी न्युनतम मौज्जाद १ लाखभन्दा बढि बचत रकम पुगेक सदस्यहरुलाई निःशूल्क तिर्थाटन गराउने विशेष व्यवस्था गरेका छौं । महिललाई आर्थिक कारोबारमा प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको नारी बचत योजनामा समेत हामीले विशेष व्यवस्था गरेका छौं । नारी बचत खातामा न्युनतम मौज्जाद ५० हजार कायम गरेमा १ लाख रुपैया बराबरको दुर्घटना बिमा गर्ने तथा श्रावण महिना र तीजको अवसरमा निः शूल्क मेहेन्दी लगाईने कार्यक्रम ल्याएका छौं ।
व्यापार व्यवसायगरी दैनिक रुपमा न्युनतम ५० रुपैया बचत गर्ने नियमित दैनिक बचत योजनामा समेत विशेष व्यवस्था गरिएको छ । बचतका योजनाहरुमा १ लाख देखि ५ लाखसम्मको निः शूल्क दुर्घटना बिमा गरिने कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रको उत्थान तथा विकासका लागि कृषक समृद्धि योजना ल्याएको जानकारी गारउँदछौं । कृषि क्षेत्रमा उत्पदानमुलक कार्य गर्ने कृषकलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने जस्ता विभिन्न योजनाहरुमा विशेष व्यवस्था गरेका छौं ।
संस्था २५ औं बर्षमा प्रवेश गरेको सुखद अवसरमा यस चालु आर्थिक बर्ष २०८० ÷०८१ मा हामीले सबै क्षेत्रलाई समेट्दै विभिन्न विधामा २५ कार्यक्रम गर्ने संकल्प लिएका छौं । २५ बर्ष २५ कार्यक्रम अभियानमा चालु आर्थिक बर्षमा हामीले जलवायु परिवर्तन , रक्तदान, युवाका लागि विशेष कार्यक्रम खेलकुद, संचार क्षेत्रको विकास स्वास्थ्य शिविर मैथिली भाषा साहित्यको विकासमूलक कार्यक्रम सचेतनामूलक कार्यक्रम जस्ता समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरु संचालन गर्ने योजना बनाएका छौं । उक्त योजनामा कुनै नयाँ खालको गतिविधि कार्यक्रमको बारेमा आदरणीय व्यक्तित्वहरुबाट सल्लाह तथा सुझावको समेत अपेक्षा गरेका छौं । यहाँहरुबाट प्राप्त हुने सुझावहरुलाई समेत हामी हाम्रो २५ औं बर्ष २५ कार्यक्रम अभियानमा सामे गर्ने विश्वास दिलाउन चाहान्छौं ।
अन्त्यमा समाजको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण प्रणालीको रुपमा रहेको सहकारीले समाज प्रति आफ्नो उत्तरदायित्व समेत निर्वाह गर्नुपर्दछ । आईडियल सहकारी संस्थाले समाजप्रतिको आफ्नो सामाजिक उत्तरदायित्वलाई पुरा गर्न विगतमा मा पनि कार्यहरु गर्दै आएको अवगत नै छ । यस सहकारी संस्थाले विगतमा गरेको प्रतिबद्धता बमोजिम समुदायलाई बाढीबाट जोगाउन पूर्व सुचना दिने उद्देश्यले स्थापना गरिएको प्रणालीको संचालन तथा व्यवस्थापनका लागि यस सहकारी संस्थामा खोलिएको समुदायमा आधारित बाढी पूर्व सुचना प्रणाली ( सीबीएफईडब्लुएस) खातामा सामाजिक उत्तरदायित्व स्वरुप संस्थाको तर्फबाट रु५० हजार प्रदान गर्ने घोषणा गर्दछु । यस आईडियल सहकार संस्थाको प्रगतिका लागि शुभकामना दिनुहुने व्यक्तित्वहरु, ंसंचालक सदस्य, कर्मचारी गण पत्रकार, शुभेच्छुकलगायत सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यहाँहरुको साथ सहयोग रहनेछ भनी विश्वास लिएका छौं । आगामी दिनमा पनि आफ्ना सेवाको गुणस्तरमा समयानुकुल बृद्धि गरी उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जाहेर गर्ने संस्थाका अध्यक्ष गणेश कुमार आशको भनाई छ ।
