सगुन सहकारीका व्यवस्थापक रबिन्द्र रानालाई मधेश प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषणा

0 Shares

सर्लाहीको हरिवन नपामा आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रबिन्द्र राना मधेश प्रदेश मध्यकै उत्कृष्ट सहकारी व्यवस्थापको रुपमा छनोट भएका छन् ।
विगत लामो समय देखि सहकारी क्षेत्रमा वित्तीय व्यवस्थापन सम्हाल्दै आएका राना सहकारी क्षेत्रमा अनुभवी मिलनसार र कुशल व्यवस्थापकको रुपमा कार्य गर्दै आईरहेका छन् ।
आज काठमाडौंमा सम्पन्न भएको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ – नेफ्स्कुनको ३६ औ स्थापना दिवसको अवसरमा )  रानालाई मधेश प्रदेशकै सहकारी मध्येको उत्कृष्ट कार्य गर्ने व्यवस्थापक रुपमा घोषणा गरेको छ । सो उत्कृष्ट व्यवस्थापकको पुरुस्कार नेफ्स्कुनले औपचारिक कार्यक्रमको समारोहमा प्रदान गर्ने जनाएको छ ।

Leave a Reply