सप्तरीको आईडियल सहकारी मधेश प्रदेशकै उत्कृष्ट सहकारी घोषणा
सप्तरीको राजविराजमा रहेको आईडियल बचत तथा ऋण सहकारी संस्था लि. मधेश प्रदेशकै सहकारी मध्येको उत्कृष्ट सहकारी संस्था घोषणा गरिएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनले आज गरेको ३६ औं बार्षिक उत्सवको अवसर पारेर उक्त संस्थालाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्था घोषणा गरेको हो ।
सो घोषणा गरेको पुरुस्कार नेफ्स्कुनले औपचारिक कार्यक्रम गरी वितरण गर्ने जनाएको छ ।
सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको छ ।
