जमुनी गणेश सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

काभ्रेको महेन्द्र ज्योतिमा रहेको जमुनी गणेश बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष गोपाल बिष्टको अध्यक्षता तथा बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुंवरको प्रमुख आतिथ्यतामा २०८० असोज १३ गते शनिबारका दिन बनेपा नगरपालिका १२ स्थित संस्थाको सभाकक्षमा सम्पन्न भएको हो

कार्यक्रममा प्रमुख अतिथी कुंवरले हाल सहकारीमा देखिएको समस्या मुख्य रुपमा संचालकहरुमा देखिएको आर्थिक पारर्दशिताको कमी कमजोरी सुशासन र व्यक्तिगत स्वार्थको कारण उत्पन्न भएको बताउनु भयो नेपालको संविधानले नेपालको आर्थिक समृद्धिको आधार ३ खम्बे अर्थनीति रहेको र त्यसमध्ये एक खम्बाको रुपमा सहकारी रहेकोले सहकारीको माध्यमबाट समुदायमा छरिएर रहेको स-साना पुँजी संकलन गरी रास्ट्रिय पुँजी निर्माणमा सहयोग गर्न सकिन्छ र

उक्त पुँजीलाई सदस्यमा नै केन्द्रित रही उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना हुने र रास्ट्रिय उत्पादन पनि बढने जानकारी दिनुभयो त्यसैगरी सभामा संस्थाका सचिव पवन कार्कीले संस्थाको आर्थिक बर्ष ०७९/०८० को निति तथा कार्यक्रमको समिक्षा र आव ०८०/०८१ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष सुकदेव केसीले संस्थाको आव ०७९/०८० को आर्थिक प्रगति समिक्षा र आव ०८०/०८१ को आर्थिक कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो

त्यसैगरी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राजन कुँवरले संस्थाको गत आव ०७९/८० को समग्र समिक्षा प्रतिवेदन पेश गर्नुभएको थियो साधारण सभाले आगामी आव ०८०/०८१ को अन्त्य सम्ममा १४८० सेयर सदस्य पुर्याउने लक्ष्य सहित बार्षिक निति तथा कार्यक्रम र बजेट स्विकृत गरेको छ समुदायमा आधारित भई संचालनमा रहेको जमुनी गणेश साकोस निरन्तर सदस्यहरुको मन जित्दै सहकारीहरुको भिडमा आफुलाई अब्बल सावित गरेको संस्थाका व्यवस्थापक रोसन राज श्रेष्ठले जानकारी दिनुभयो

Leave a Reply