एटलस बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न

0 Shares

एटलस बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं वार्षिक साधारण शभा असोज २७ गते शनिबार सोल्टी ब्याङक्वेट सोल्टीमोडमा सम्पन्न भएको छ संस्थाका उपाध्यक्ष हरि कृष्ण श्रेष्ठको सभापतित्व एवं रास्ट्रिय सहकारी महासंघका पुर्व उपाध्यक्ष विजयराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो साधारण सभामा संचालक समितिको तर्फबाट उपाध्यक्ष हरि कृष्ण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो

प्रतिवेदन प्रस्तुत श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० मा सेयर सदस्य ६८२ सेयर पुँजी ४,५५,१२,१०० निक्षेप संकलन ५०,६४,३०,१४५ कर्जा लगानी ४३,०५,९२,४१७ कुल आम्दानी ९,१२,७१,८३५ रुपैयाँ र मुनाफा २१,९८,५९२ रुपैयाँ रहेको बताउनु भयो सो सभामा प्रमुख अतिथि घिमिरेले संस्थाको वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै संस्थाले सदस्यहरुको सेवालाई सदैव निरन्तर रुपमा सेवा प्रदान गरी उनीहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु गर्नुपर्ने कुराको जोड दिदै संस्थाले सहकारीको निति विधि र प्रविधि रही कारोबारलाई अगाडि बढाउदै लैजानु पर्ने जानकारी दिनुभयो

 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष गजाधर श्रेष्ठ,सचिव निरज रुद्र कर्मचार्य,संचालक सदस्य विमा राजभण्डारी,संचालक सदस्य सुनिता श्रेष्ठ,संचालक सदस्य गौतम लाल श्रेष्ठ, संचालक सदस्य रामकृष्ण ताम्राकार,संचालक सदस्य बसन्त गोपाल श्रेष्ठ, र संस्थाका प्रमुख कार्यकारी अधिकृत धुब्र रुद्र कर्मचार्यले शुभकामना ब्यक्त गर्नुभयो सो कार्यक्रममा २०७९/०८० को लेखा सुपरिवेक्षण समितिका संयोजक सुरेन्द्र भक्त माथेमाले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रमको स्वागत मन्तब्य विमा राजभण्डारी तथा धन्यवाद ज्ञापन सुनिता श्रेष्ठले गर्नुभएको हो

 

त्यसैगरी कार्यक्रममा जेष्ठ नागरिक सदस्य सम्मान भुवनेश्वरराज श्रेष्ठ,नारायण बस्नेत,बाबा माथेमा,सावित्री चित्रकार,चन्द्रमान श्रेष्ठ, र सर्वोकृष्ट निक्षेपकर्ता देवरत्न भाखा,सर्वोकृष्ट कारोबार सदस्य मन्जु लामा तामाङ ,उत्कृष्ट कारोबार सदस्य धिरज श्रेष्ठलाई प्रमुख अतिथि द्वारा मायाको चिनो सहित सम्मान गरी कार्यक्रम समापन गरिएको थियो

Leave a Reply