कश्मीरा बचत तथा ऋण सहकारी संस्थाको सोह्रौ वार्षिक साधारण सभा सम्पन्न
कश्मिरा बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा असोज २६ गते शुक्रबारका दिन होटल हार्दिक बागबजारमा सम्पन्न भएको छ संस्थाका अध्यक्ष रमेश प्रसाद पाण्डेको सभापतित्व एवं काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) का अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन)का कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो
साधारण सभामा संस्थाका अध्यक्ष रमेश प्रसाद पाण्डेले ०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो प्रतिवेदन प्रस्तुत गर्दै पाण्डेले आर्थिक वर्ष ०७९/८० मा सेयर सदस्य ४४० सेयर पुँजी २,६६,८३,९०० निक्षेप संकलन १७,७६,७६,६२१ ऋण लगानी ३१,१९,४७,१६१ कुल सम्पती ३२,७७,६०,९७७ रुपैयाँ रहेको बताउनु भयो सो सभामा प्रमुख अतिथि पनेरुले सहकारी क्षेत्रमा समस्या रहेको र सहकारीप्रति सदस्यहरुको बिश्वास घटदै गइरहेकोले सहकारीका समस्यालाई समाधान गर्दै सदस्यहरुबिच छ्लफल गरी बिश्वास र भरोसा जोगाई सहकारीको मूल्य मान्यता नीति विधिमा रही कारोबारलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिदै साधारण सभाको सफलताको शुभकामना दिनुभयो
कार्यक्रममा पशुपति विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा,जिल्ला सहकारी संघ काठमाडौंका सचिव बालकुमार बास्तोला,बिधुतकर्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामकुमार थेवे,रास्ट्रिय सहकारी बैंक लगनखेल शाखाका शाखा प्रमुख केदारनाथ उप्रेती,रास्ट्रिय सहकारी बैंक बानेश्वर शाखाका शाखा प्रमुख बिनोद भट्टराई, रास्ट्रिय सहकारी बैंक पुतलीसडक शाखाकी शाखा प्रमुख अर्पणा पन्त,जेष्ट आइडियोलोजी साकोसका अध्यक्ष हेम बहादुर कार्कीले शुभकामना व्यक्त गर्नुभयो सो कार्यक्रममा २०७९/०८० को लेखा सुपरिवेक्षण समितिका संयोजक डिल्ली राज धितालले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा स्वागत मन्तब्य संस्थाका कोषाध्यक्ष प्रकाश फुँयालले तथा कार्यक्रम संचालन संस्थाका सचिव जयराम तिमिल्सिनाले गर्नुभएको हो त्यसैगरी कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सदस्य नवराज बगाले,रामहरी बस्नेतलाई मायाको चिनो सहित सम्मान गरि जेष्ठ नागरिक सम्मान लक्ष्मी प्रसाद पाण्डे,बिष्णु लक्ष्मी पाण्डेलाई दोसल्ला ओढाई सम्मान गरी कार्यक्रम समापन गरिएको थियो