सर्लाहीको सगुन सहकारीले पायाे उत्कृष्ट करदाता सम्मान

0 Shares

सर्लाहीकाे हरिवन न.पा.मा रहेकाे सगुन बचत तथा ऋण सहकारी संस्था गत आर्थिक वर्षमा सबैभन्दा बढि आयकर तिर्ने उत्कृष्ट करदाताकाे रूपमा सम्मानित भएकाे छ।राष्ट्रिय कर दिवस २०८० काे अवसरमा आयाेजीत करसप्ताह समापन समारोहमा सर्लाहीको करदाता सेवा कार्यलय लालबन्दीले उक्त संस्थालाई उत्कृष्ट कर दाखिला गर्ने करदाताकाे रूपमा सम्मान गरिएको थियोे ।संस्थाले गत आर्थिक वर्षमा २,००,००० भन्दा बढी आयकर तथा ७०,००,०००भन्दा बढी श्रोतमा कर काटी कर दाखिला गरेकाे थियोे ।

कार्यक्रममा करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख नबिन सुबेदीले सगुन साकोस हरिवन सर्लाहीका अध्यक्ष केसब प्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गर्नु भएको थियो । संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरे, प्रबन्धक रबिन्द्र राना हरिवन उधोग बाणिज्य संघका अध्यक्ष प्रयाग राज पोते लगाएतका पदाधिकारीहरुको कार्यक्रममा उपश्थिति रहेको थियो ।  सगुन साकोस यस क्षेत्रकै सबै भन्दा उत्कृष्ठ सहकारीको रुपमा स्थापित छ ।सस्थाको सुचना अधिकारी निरोज कुमार दहालले दिएको जानकारी अनुसार हाल सहकारीको कुल सम्पती १ अर्ब ५६ करोड रुपैयाँ सेरोफेरोमा रहेको छ भने सर्लाहीका ६ स्थान बाट आफना १२२०० भन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गर्दै आई रहेकोछ ।

Leave a Reply