कोटेश्वरको भद्रावती सहकारीले ग-यो १५ औं बार्षिक उत्सवमा भव्य रक्तदान
काठमाडौंको कोटेश्वर सहयोगीनगरमा रहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को १५औँ वार्षिक उत्सव कार्यक्रम
यहि २०८० फाल्गुण ५ गते शनिबार दिन सम्पन्न गरेको छ ।
सो उत्सवको अवसरमा सस्थाले बृहत खुल्ला रक्तदान कार्यक्रम गरेको हो ।
सोहि संस्थाको आयोजना तथा कान्तिपुर हस्पिटल, ब्लड ट्रान्सफ्युजन सर्भिसको प्राविधिक सहयोग र काठमाडौं महानगरपालिकाको सहयोगार्थ श्रीकृष्ण पुुञ्ज , सामुदायिक समाज भवन, कोटेश्वरमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ९३ जना रक्तदाताले रक्तदान गरेका थिए । त्यस अवसरमा रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरिएको हो ।
सो कार्यक्रम सञ्चालन संस्थाका सचिव केदार कार्कीले गरेका थिए । कोषाध्यक्ष किशोर श्रेष्ठले संयोजन र संस्थाका अध्यक्ष जयबहादुर खड्काले केक काटेर कार्यक्रम उद्घाटन गर्नुभएको हो ।
रगत अभावले विरामीहरुको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले बिगतका वर्षहरुमा झैं हाम्रो यो संंस्थाको १५औँ वार्षिक उत्सवमा बृहत् खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको त्यसै संस्थाका व्यवस्थापक पदम श्रेष्ठको भनाइ छ ।
संस्थामा हालसम्म ६८७ पुरुष र ५३९ महिला गरी शेयर सदस्य संंख्या १,२२६ , बाल सदस्य संख्या १८७, शेयर पूँजी रु.२,१०,३८,१०४ , कुल बचत रु.१२,२३,१५,०९५, कुल ऋण लगानी रु.११,६८,१२,३२४, जगेडा कोष रु.१,२३,५५,७८०, अन्य कोषहरु रु.५२,७०,७८०, कुल सम्पत्ति तथा दाायितब १७,९६,८६,८१७ र तरलता २५.५ प्रतिशत रहेको बताइएको छ ।
