कान्तिपुरी सहकारीको २३ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको टोखामा रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लि. को २३ औं बार्षिक साधारण सभा यहि पुस २७ गते शुक्रवारका दिनसम्पन्न गरिएको छ ।
सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष मनोज भण्डारीले गर्नुभएको हो ।
त्यसैगरी प्रमुख अतिथि समेत रहेका बागमती प्रदेश सभाका सदस्य तथा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो संस्थाको बार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै संस्थाका अध्यक्ष भण्डारीले संस्थाले आर्थिक मन्दीको बीचमा पनि सदस्यहरुलाई वित्तीय कारोबारमा सहयोग गरी कारोबारलाई उल्लेख्य बृद्धि गरेको बताउँदै संस्थाको सेवालाई आधुनिक र प्रविधि मैत्री बनाउँदै र संस्थाको कारोबारलाई प्रभावकारी बनाउँदै लैजाने कुराको जानकारी गराउनु भयो ।
साथै उक्त कार्यक्रमको संचालन सेवा केन्द्र जरङ्खुका शाखा प्रमुख भगवान बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा गत आर्थिक बर्षको असार मसान्त सम्मको शेयरपूँजी १० करोड ६९ लाख २५ हजार ३०० जगेडा कोष ८ करोड १४ लाख ९ हजार ७७९, सदस्य संख्या ३७९० रहेको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि रहेका तामाङले सदस्यहरुको साथ सहयोगले गर्दा नै संस्थाले सफलता प्राप्त गरेको र सदस्यहरुको विश्वासको कारणले गर्दा संस्थाकोे वित्तीय कारोबार राम्रो रहेकोले ढुक्क भएर कारोबार गर्न आग्रह गर्दै संस्थाको उत्तर उत्तर प्रगति तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सभामा संस्थाले जेष्ठ सदस्य, अशक्त सदस्य, एकल महिला सदस्य एसईईमा उत्कृष्ट नतिजा ल्याउने सदस्यहरुको छोराछोरी हरु र उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट कर्मचारीहरुलाई नगद पुरुस्कार सहित सम्मान गरी कार्यक्रम समापन गरिएको थियो ।