स्वर्णिम बहुउद्देश्यीय सहकारीको २४ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः मंगल कृष्ण श्रेष्ठ निर्वाचित

0 Shares

ललितपुरको दौबहालमा रहेको स्वर्णिम बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा यहि पुष २७ गते शुक्रबारका दिन मण्डला पार्टी प्यालेस बालकुमारीमा सम्पन्न गरिएको छ सो कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष मंगल कृष्ण श्रेष्ठले गर्नुभएको हो त्यसैगरी प्रमुख अतिथि ईन्जिनियर डा.ध्रुब भट्टले कार्यक्रमको उद्धघाटन गर्नुभएको थियो सो कार्यक्रमको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष श्रेष्ठले आर्थिक मन्दिको समयमा पनि १५ प्रतिशत लाभांश समेत वितरण गर्ने र संस्थाको वित्तिय कारोबार तथा सहकारीको नीति नियममा रहि कारोबार गरेको र सदस्यहरुको साथ सहयोगले गर्दा संस्थाले सफलता हासिल गरेकोमा शुभकामना व्यक्त गर्नुभयो त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि भट्टले समुदायमा आधारित रहेको यस संस्थाको वित्तिय विवरण राम्रो रहेकोले यस संस्थामा ढुक्क भएर कारोबार गर्न आग्रह गर्दै संस्थाको पुर्ण सफलता सहित शुभकामना व्यक्त गर्नुभयो साथै सभामा नयाँ संचालक सामिति तथा लेखा समिति सदस्यहरु निर्वाचित हुनुभएको छ जसमा अध्यक्ष मंगल कृष्ण श्रेष्ठ,उपाध्यक्ष पुकार शर्मा,सचिव दीपन ज्वालानन्द शर्मा,कोषाध्याक्ष समिर शर्मा त्यसैगरी संचालक सदस्यमा सानु मन्जरी चित्रकार,प्रज्वन नारायण जोशी,किरण राज सुवेदी तथा लेखा समिति सदस्यमा नन्द महर्जन,श्याम महर्जन,बविता योन्जन निर्वाचित हुनुभएको छ संस्थाको आर्थिक मसान्तसम्मको सेयर सदस्य ८०४ जना सेयर पुँजी १,४८,१४,९०० कुल निक्षेप २२,४७,६८,५९५ कर्जा लगानी १८,२१,२२,७९३ खुद मुनाफा ४६,२४,०३६ रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ

Leave a Reply