रौतहटको संकल्प सहकारीको आयोजनामा प्रोबेसन मध्य तराइ क्लष्टरको २० औ कार्यकुशलता तथा ब्यबस्थापन कार्यशाला गोष्ठी सम्पन्न

0 Shares

२०८० चैत १६ गते संकल्प साकोसको आयोजनामा प्रोबेसन मध्य तराइ क्लष्टरको २० औ कार्यकुशलता तथा ब्यबस्थापन कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलमले उद्घाटन गर्नु भएको कार्यक्रममा चन्द्रपुर नगर उप प्रमुख जय माला कुमार चौधरीले शुभकामना सन्देश पठाउनु भएको थियो ।शुभकामना सन्देशमा सहकारी अभियान सग चन्द्रपुर नगरपालिका सहकार्य गर्न तयार छ भनी प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सर्लाही बचत संघकि अध्यक्ष मन्दिरा आचार्य ,रौतहट बचत संघका महासचिव देब बहादुर सापकोटा ,नेफ्स्कुन सेवा कार्यालय हरिवन सर्लाहीका प्रमुख महेश बराल को आतिथ्यता रहेको थियो ।कार्यक्रम सन्चालन संकल्प साकोसका सह सचिब तथा प्रोबेसन कार्यदलका संयोजक चिरञ्जीवी गौतम ले गर्नु भएको थियो ।त्यस्तै स्वागत मन्तब्य संचालक तथा प्रोबेसन कार्यदलका सदस्य अबधेस हरि भट्टराईले गर्नु भएको थियो ।कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष बिभु पोखरेलले गर्नु भएको थियो ।असल अभ्यास आदानप्रदान गर्ने थलो र सस्थालाइ सु शासित बनाउने भरपर्दो माध्यम प्रोबेसन कार्यक्रम हो र यस कार्यक्रममा धेरै भन्दा धेरै सस्थालाइ आबद्द गराउनु पर्ने धारणा अध्यक्षले राख्नु भएको थियो ।कार्यक्रममा रौतहट ,सर्लाही ,महोत्तरी र बारा जिल्लाका ११ सस्थाका ब्यबस्थापक ,प्रोबेसन कार्यदलका सदस्य र संकल्प साकोसका संचालक ,लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु सहित ४५ जनाको सहभागिता रहेको छ भने सहजीकरण नेफ्स्कुनका कार्यक्रम अधिकृत यमकला पौडेलले गर्नुभएको थियो ।

Leave a Reply