सगुन सहकारीद्धारा ७वटा विद्यालयलाई डस्टविन फ्यान सिलिङ जारको पानी वितरण, ६७ औं सहकारी दिवस भव्यताका साथ मनाउने

0 Shares

 

सर्लाही जिल्लाकै नभएर देशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा पुरस्कृत भईसकेको सगुन बचत तथा ऋण सहकारी संस्था लि. ले ६७ औं राष्ट्रिय सहकारी दिवसको तिनदिने कार्यक्रमको पहिलो दिन सस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै निम्न सामुदायिक शिक्षालयहरुलाई संस्थाको संचालकहरुको उपस्थितिमा निम्न सामाग्रीहरु हस्तान्तरण गरि सम्पन्न गरेको छ ।

जो निम्नुसार छ
१.श्री कर्मैया आदर्श जनता क्याम्पस,बागमती १० थान सिलिङ फ्यान ।
२.श्री जनता मा.बि. थिङ्टोल, बागमती ५ थान डस्टबिन ।
३.श्री शेरजगचोक समिक्षालय,बागमती १ थान डस्टबिन ।
४. श्री च. ज.उ.मा.बि.सुखेपोखरी, हरिवन ५ थान डस्टबिन र १ थान पानी जार ।
५.श्री सगुन शिक्षा आवाशिय बिध्यालय हरिवन ५ थान डस्टबिन र १ थान पानी जार ।
६.श्री म.ज.मा.बि. हरिवन ५ थान डस्टबिन र १ थान पानीको जार ।
७. श्री जनजागृती मा.बि. हरिवन ५ थान डस्टबिन १ थान पानीको जार ।
८. श्री चुरे आधारभुत बिद्यालय हरिवन ३ थान डस्टबिन र २ थान पनिको जार ।
त्यसैगरी सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष केशव ढकालले गर्नुभएको थियो कार्यक्रमको व्यवस्थापन सोहि संस्थाका व्यवस्थापक रविन्द्र रानाले गर्नुभयो ।

Leave a Reply