संकल्प सहकारीको अर्को उत्कृष्ट सामाजिक कार्य गरुडाको अनाथलयलाई खाद्यान्न सहयोग
संकल्प सहकारीको ग-यो अर्को उत्कृष्ट सामाजिक कार्य गरुडाको अनाथलयलाई खाद्यान्न सहयोग
६७ औ राष्ट्रिय सहकारी दिवसका अबसरमा संकल्प बचत तथा ऋण सहकारी संस्था लि. रौतहटले गरुडा स्थित बंशिराम अनाथ आश्रमलाइ खाध्यान्न सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा गर्ने उद्देश्यले १० हजार मुल्य बराबरको चामल,दाल,तेल चिउरा ,सोयाविन प्रदान गरेको संकल्प साकोसका अध्यक्ष बिभु कुमार पोखरेलले जानकारी गराउनु भएको छ ।
सो अबसरमा बोल्दै सस्थाका अध्यक्ष ,बिभु पोखरेल ,लेखा संयोजक गणेश पौडेल ,सल्लाहकार उदय प्रसाद देवकोटा ,उपाध्यक्ष कृष्ण चन्द्र पोखरेल ,सचिब के बि थापा ,कोषाध्यक्ष बलराम गौतम ,सन्चालक भरत प्रसाद अधिकारी र एकनाथ चौलागाईं ,ब्यबस्थापक हरि प्रसाद तिमल्सिना सहभागी थिए ।
निजि सम्पत्ति दान गरी ३० जना भन्दाबढी अनाथको शिक्षा ,स्वास्थ्य ,आवास ,भोजनको ब्यबस्था गर्दै आएका अनाथलय संचालक बाबा बंशिराम जयसवालले संकल्प साकोस लाई धन्यवाद दिनुभएको हो ।
