शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्थाको वित्तिय साक्षरता तथा मोबाइल बैकिङ्ग कार्यक्रम सुभारम्भ

0 Shares

शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्थाको वित्तिय साक्षरता कार्यक्रम तथा मोबाइल बैकिङ्ग बैशाख १५ गते शनिबारका दिन मोर्डन पार्टी भेन्युमा शुभारम्भ भएको छ

कार्यक्रममा संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको सभापतित्व एंव सचिव हरि प्रसाद कोईरालाले सञ्चालन गर्नुभएको सभामा देवन सफ्ट आई स्मार्ट प्रा.लि. प्रशिक्षक रोशन कुमार महत्तोले सदस्यहरुलाई मोबाईल बैकिङ सम्बन्धि सम्पुर्ण सुविधा प्रयोग गर्ने तरिका सहित विस्तृत रुपमा प्रस्तुतिबाट जानकारी गराउदै यस सुविधा देशै भरीका सयौं ओटा संस्थाहरुमा प्रयोगमा आएको र यसबाट सदस्यहरुले कारोबार गर्दा सुरक्षित र प्रभावकारी रहने

सहकारीबाट बैंकमा सहकारीबाट सहकारीमा रकम जम्मा गर्न सकिने र शुभ सन्देश मोबाईल बैकिङ्गबाट एक पटकमा २ लाख तथा दिनभरीमा ३ लाख सम्म रकम  झिक्न सकिने जुनसुकै क्यु आरमा पनि क्यु आर स्क्यान गर्न समेत सकिने जानकारी गराउनु भयो कार्यक्रममा सहभागी सदस्यहरुले अत्यन्त प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए भने सो कार्यक्रमको सहजीकरण संस्थाका ब्यवस्थापक मनिष कुमार झाले गर्नुभएको थियो

Leave a Reply