वातावरण संरक्षणमा सगुन साकोस

वातावरण संरक्षणमा सगुन साकोस
0 Shares

सगुन साकोसको आयोजनमा बृक्षारोपण कार्यक्रम सम्पन्न । विश्व बातावरण दिवसको अवसरमा हरिवन ३ मोहनपुरमा रहेको योगेश्वर शिव मन्दिर परिसरमा बृक्षारोप कार्यक्रम सम्पन्न गरिएकोछ ।

संस्थाको कार्यवाहक अध्यक्ष तारादेबी सुबेदी पोखरेलको अध्यक्षतामा हरिवन वार्ड नं. ३ को वडाध्यक्ष श्री दिपमान लोप्चन ज्युको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा जनप्रतिनिधिहरु, संस्थाको संचालक, लेखा समितिको सदस्य, सल्लाहकार, विभिन्न उपसमितहरु, कर्मचारीहरु, स्थानिय सदस्यहरु, मन्दिर ब्यवस्थापन गरि ४० जनाको उपस्थिति रहेको थियो ।

उक्त बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि दिपमान लोप्चन ज्युले संक्षिप्त मन्तब्य राख्दै बातावरण संरक्षणको लागी सगुन गरेको प्रयासको लागी हार्दिक धन्यबाद दिनुभएको कार्यक्रम संचालन संस्थाको सचिव श्री राज कुमार उप्रेती ज्युले गर्नु भएको थियो । उक्त मन्दिर परिसरमा अशोक, तेजपत्ता, अमला, गुलमोहर, कल्की लगायतको १३० थान फुल तथा विरुवा रोप्ने कार्य गरिएकोछ ।

 

संस्थाले दिगो विकाश लक्ष्य अन्तर्गत बातावरण तथा जलबायु परिवर्तनलाई टेवा पुर्याउन पर्यावरणलाई बचाउने उदेश्यले बृक्षारोपण कार्य गरेकोहो ।

Leave a Reply