पिपलबोट साकोसको २२ औं स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

0 Shares
वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा मुख्य कार्यालय रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि.आफ्नो २२‌औं स्थापना दिवस विशेष कार्यक्रम बृहत रक्तदान कार्यक्रम सहित २२औं स्थापना दिवसको कार्यक्रम सम्पन्न गरेको छ ।
२२औं स्थापना दिवस २०८१ को सुभ अवसरमा नेपाल रेटक्रस सोसाईटी उपशाखा भैरवस्थाको समन्वयमा तथा संस्थाको आयोजनामा संस्थाका सञ्चालक,उपसिमित,कर्मचारीहरु,शेयर सदस्यहरु सहितको सहभागितामा सामुदायिक उत्तरदायित्व अन्तर्गत बृहत रक्तदान कार्यक्रम सम्मपन गरेको छ । उत्त रक्तदान कार्यक्रममा २२ जना व्यक्ति द्धारा रक्तदान गर्नुभएको छ । २२औं वर्षमा प्रवेश गरेको अवसरमा २२ जना व्यक्तिद्धारा नै रक्तदान गरिएको संस्थाका सचिव गणेशमान खनालले जानकारी दिनु भयो ।
यसै गरी आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा नीति कार्यक्रम अनुसार सुस्था तथा सिटिजन लाईफ ईन्सुरेन्स कम्पनीको समन्वयमा सञ्चालित सदस्यको म्यादी जीवन बिमा समेत यस अवधिमा मृत्यू भएका ४ जना सदस्यका एकाघर परिवारका हकवालालाई हस्तान्तरण कार्यक्रम समेत सम्पन्न भएको छ ।
संस्था स्थापनाको २२औं वर्ष सम्म पुग्दा संस्थाको हाल कुल वासलात रु. २१करोड ६१ लाख १४ हजार ६ सय ९० रहेको र कुल बचत १६ करोड ७ लाख ७२ हजार रहेको र साकोसमा हाल २ हजार ८ सय ५५ शेयर सदस्य तथा ७७९ जना बाल बचत कर्ता रहेका छन । साथै कार्यक्रम संस्थाका अध्यक्ष बल बहादुर सार्कीको अध्यक्षाता भएको थियो भने कार्यक्रम संञ्चालन संस्थाका सचिव श्री गणेशमान खनालले गर्नुभएको थियो भने कार्यक्रममास्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मनिराम भण्डारीले गर्नुभएको संस्थाका प्रबन्धक रमेश खनालले बताउनु भएको छ ।

Leave a Reply