पाणिनि बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न संस्थाको कुल सम्पति ३४ करोड भन्दा माथी

0 Shares

पाणिनी बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष शेषनारायण पोखरेलको सभापतित्व एंव पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य माननीय ठाकुर प्रसाद गैरेको प्रमुख आतिथ्यतामा सगुन श्री व्याङक्वेट बत्तिसपुतलीमा शनिबार सप्पन्न भएको हो सभामा प्रमुख अतिथि गैरेले साधारण सभाको वित्तिय अवस्था र सुशासनको बारेमा चर्चा गर्दै हिजो आज पाँचओटा राष्ट्रिय समाचार शीर्षक सम्बन्धी हुने गरेको र त्यसमध्ये तिनओटा खराब सहकारीका बारेमा हुने गरेको तितो यथार्थका बाबजुद पाणिनी सहकारी जस्तो वित्तीय रुपमा सबल आर्थिक सामाजिक उत्तरदायित्वका हिसाबले उत्कृष्ट संस्था भएकोले यस संस्थाको पुर्ण सफलताको कामना गर्दै शुभकामना ब्यक्त गरेका थिए

 

त्यसैगरी कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन)का अध्यक्ष दिपक पनेरुले संस्थाले आफ्नो आर्थिक सुशासनलाई कायम राक्दै अझ बलियो बन्नु पर्ने कुरामा जोड दिदै संस्थाले गरेको प्रगतिको प्रसंसा गरेका थिए त्यसैगरी राष्ट्रिय सहकारी बैंक कलंकी शाखाकी शाखा प्रमुख कला थपलिया,व्यवसायी पोमनारायण अधिकारी,धान्यञ्चल सहकारी संस्थाका अध्यक्ष भविश्वर घिमिरे लगायतका व्यक्ताले संस्थालाई सल्लाह सुझाव सहित शुभकामना व्यक्त गरेका थिए साथै संस्थाका अध्यक्ष पोखरेलले संस्थालाई आगामी दिनमा अझ सबल र प्रभावकारी सदस्यमुखी बनाउने र आर्थिक सुशासनमा आँच आउन नदिइ सामाजिक उत्तरदायित्वमा अग्रसर हुदै अगाडि बढ्दै जाने प्रतिबद्वता व्यक्त गरेका थिए

 

सभामा जेष्ठ नागारिक सम्मान,उच्चमाध्यमिक (+२)छात्र छात्रा सम्मान,उत्कृष्ट बचतकर्ता सम्मान,उत्कृष्ट ऋणी सम्मान,उत्कृष्ट कर्मचारीहरुलाई प्रमाण पत्र द्वारा सम्मान गरिएको हो बन्दसत्र कार्यक्रममा संस्थाका अध्यक्षको वार्षिक प्रतिवेदन कोषाध्यक्ष कमल प्रसाद पोखरेलद्वारा प्रस्तुत आर्थिक वर्ष ०८०/०८१ को आय व्यय तथा आर्थिक वर्ष ०८१/०८२ को बजेट सहितको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक ठाकुर गौतमद्वारा प्रस्तुत प्रतिवेदनका विषयहरु माथी छलफल गरी सर्वसम्मत रुपमा पारित निर्णय गरेको थियो उक्त साधारण सभाको सञ्चालन संस्थाका सचिव शुभाषचन्द्र पोखरेलले गरेका थिए त्यसैगरी संस्थाको असार मसान्तसम्मको शेयर पुँजी ५,३६,३६,७०० निक्षेप संकलन २,९२,३६,७६८ ऋण तथा सापटी २,०८,३३,०३४ कुल आम्दानी ४,१९,२०,३५० खुद नाफा ७९,३१,६७४ रुपैयाँ सेयर सदस्य १,५८७ रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ

Leave a Reply