सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक सधारण सभा असोज १९ शनिबार अम्ब्रेला इभेन्ट कलंकीमा सम्पन्न भएको छ संस्थाका अध्यक्ष सादुराम लम्सालको अध्यक्षता एंव नेपाल सरकार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो

 

सभामा बोल्दै प्रमुख अतिथि दुवाडीले संस्थाले निति विधि र कानुनलाई आत्मसाथ गर्दै अगाडी बढने र संस्था सदस्य केन्द्रित हुनुपर्ने सदस्यहरुले मासिक बचत नगर्ने र लगेको ऋणको साँवा ब्याज समयमा नतिर्दा समस्या आउने भएकाले सदस्यहरुलाई आफ्नो जिम्मेवारी पूरा गर्न सुझाव दिनुभयो सहकारीमा ७० लाख मानिस आवद्व भएको भन्दै सहकारीमा समस्या आउदा त्यसको प्रभाव समग्र अभियानमा पर्ने भएकाले सहकारी संस्थालाई सुरक्षित र बलियो बनाएर लैजानु पर्ने दुवाडीको भनाई छ सभामा अध्यक्ष लम्सालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी सिद्धान्त अनुसार संस्था सञ्चालन भइ वित्तिय पहुँचबाट टाढा रहेका सदस्यहरुलाई एकिकृत गरी सेवा प्रदान गर्दै आएको बताउनु भयो समाजमा छरिएर रहेको ससानो पुँजीलाई बचतको माध्यमबाट एकीकृत गरी सदस्यहरुको वित्तिय अवस्था परिपुर्तिको साथै सामाजिक आर्थिक सांस्कृतिक रुपान्तरणको लागि समुदायको भरपर्दो माध्यमका रुपमा संस्थाले काम गर्दै आएको बताउनुभयो

 

 

संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा तथा तालिम प्रदान गरी सहकारीका बारेमा सचेतना जगाउनुका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै सदस्यहरुको माग र आवश्यकता अनुसार संस्थाले विभिन्न क्षेत्रमा सेवा सुविधालाई विस्तार गर्दै आएको जानकारी दिनुभयो सभामा बोल्दै बिशेष अतिथि दिपक पनेरूले सहकारी अभियानले बृहत उद्देश्य बोकेको भए पनि त्यसको महत्त्वलाई आम सदस्यमाझ बुझाउन नसक्दा सहकारी प्रति गलत धारणा विकास भएको उहाँको भनाई छ देशभर करीब ६ सय सहकारी संस्था मात्रै समस्यामा परेको भन्दै उहाले बाँकी सहकारीले उद्देश्य अनुसार काम गर्दै अगाडि बढेको दावी गर्नुभयो सहकारीले समाजमा धेरै योगदान गरेको भए पनि त्यसको प्रचार प्रसारमा कमी भएको बताउनु भयो घर परिवार र आफन्तले विश्वास नगरेको अवस्थामा पनि सहकारीले विश्वास गरेर ऋण सुविधा दिएको गुणलाई बिर्सेर हल्लाको पछि मात्र नलाग्न सदस्यहरुलाई आग्रह गर्नुभयो कार्यक्रममा उपाध्यक्ष ओम प्रसाद ढकालको स्वागत मनतब्य, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजन लम्सालले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक बलराम सुवेदीले सभामा प्रस्तुत गर्नुभएको थियो

 

सभामा अतिथि संस्थाका सल्लाहकार एंव निवर्तमान अध्यक्ष भवनाथ लम्साल,राष्ट्रिय सहकारी बैंक कलंकी शाखाकी शाखा प्रमुख रमा थपलिया,मोटिभेटर उत्प्रेरक रमन भट्टराई ले शुभकामना व्यक्त गर्नुभयो साधारण सभामा बाल बचतकर्ता,उत्कृष्ट बचतकर्ता,आवधिक बचतकर्ता,उत्कृष्ट जेष्ठ सदस्य,उत्कृष्ट नियमित बचतकर्ता,उत्कृष्ट ऋणि,उत्कृष्ट कर्मचारी,उत्कृष्ट क्यु आर प्रविधिमैत्री एंव एस.ई.ईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव अमृत बराईलीले गर्नुभएको थियो सभामा आर्थिक बर्ष २०८०/०८१ को असार मसान्तसम्मको कुल सम्पत्ति ३ करोड ५७ लाख ९१ हजार ६ सय निक्षेप संकलन २ करोड ६४ लाख ९५ हजार ९०७ कर्जा लगानी १ करोड ८९ लाख ५७ हजार ७० रुपैया शेयर चुक्ता पुँजी ५० लाख ७४ हजार ९०० रुपैया तथा ४ लाख ११ हजार ६६८ रुपैया मुनाफा गर्न सफल भएको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ

Leave a Reply