जमुनी गणेश बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

जमुनी गणेश बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा असोज १९ गते शनिबार सम्पन्न भएको छ संस्थाका अध्यक्ष गोपाल बिष्टको अध्यक्षता एंव बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो

 

कार्यक्रममा अतिथिहरु श्री बासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र महत,नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति काभ्रेका सभापति मुकुन्द शर्मा वाग्ले,बासडोल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र उप्रेती,श्री गणेश भारती माध्यमिक बिद्यालयका प्रमुख प्रेम राज शर्मा,बनदेवी महिला कृषि सहकारी संस्थाकी प्रबन्धक शोभा राउल,महेन्द्रज्योति नारी चेतना सहकारी संस्थाकी अध्यक्ष शारदा थापाको आतिथ्यता सहित शुभकामना व्यक्त गर्नुभयो साधारण सभामा जेष्ठ नागरिक सम्मान,उत्कृष्ट बचत,बाल बचत,असल ऋणि, बाल सदस्य,एंव एस ई.इ उत्कृष्ट सम्मान कर्मचारीलाई मायाको चिनो सहित सम्मान गरिएको थियो

 

त्यसैगरी सभामा संस्थाका सचिव पवन कार्कीले संस्थाको आर्थिक बर्ष ०८०/०८१ को नीति तथा कार्यक्रमको समिक्षा र आ.वए ०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत एंव कोषाध्यक्ष सुकदेव केसीले आ.व ०८०/८१ को आर्थिक प्रगति समिक्षा र आ.व ०८०/०८१ को आर्थिक कार्यक्रम र बजेट प्रस्तुत गरी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक राजन कुँवरले संस्थाको आ.व ०८०/८१ को समग्र समिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो अन्तर्राष्ट्रिय सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको संस्थाले विभिन्न सामाजिक क्रियाकलापलाई निरन्तरता दिदै सदस्यहरुको सेवा र सुविधालाई वृद्धि गर्दै जाने संस्थाका व्यवस्थापक रोशनराज श्रेष्ठले जानकारी दिनुभयो

Leave a Reply