नेपाल सहकारी संस्थाको २९ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

नेपाल सहकारी संस्थाको २९ औं बार्षिक साधारण सभा मंसिर १५ गते शनिबारका दिन होटेल यल्लो पौगोडामा सम्पन्न भएको छ संस्थाका अध्यक्ष राकेश कुमार सिंहको अध्यक्षता एंव पुर्वन्यायाधीश तथा बिश्व हिन्दु परिषद नेपालका अध्यक्ष पुरुषोत्तम भण्डारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो

सभामा बोल्दै प्रमुख अतिथि भण्डारीले सहकारी संस्थाले निति विधि र सहकारी सिद्धान्त अनुसार सञ्चालन भएकाले संस्थाको वित्तीय कारोबार अब्बल रहेको बताउनुभयो सहकारी अभियानले वृहत उद्देश्य बोकेको भए पनि त्यसको महत्त्वलाई आम सदस्यमाझ बुझाउन नसक्दा सहकारी प्रति गलत धारणा विकास भएको उहाँको भनाई छ

कार्यक्रममा अतिथिहरुको रुपमा संस्थाका वरिष्ट कानुनी सल्लाहकार रवि शर्मा अर्याल,वरिष्ठ आर्थिक सल्लाहकार अमर किशोर सिंह,उपाध्यक्ष ई.विजय कुमार सिंह,कोषाध्यक्ष जस्मिन महर्जन,सञ्चालक सदस्य सुनिल कुमार सिंह,नारायण कुमार श्रेष्ठ,राम कुमार त्रिपाठी,रुबी सिंह,अरुण कुमार साह,लेखासुपरिवेक्षण समितिका सदस्य अमन सिंघानिया,सरस्वती नापित,तथा संस्थाकी महाप्रबन्धक शोभा श्रेष्ठको उपस्थिति रहेको थियो सभाले आर्थिक बर्ष ८०/८१ को असार मसान्तसम्मको शेयर पुँजी ४ करोड ५३ लाख ६ हजार ९०० निक्षेप संकलन २४ करोड ११ लाख २३ हजार ३७२ रुपैयाँ जगेणा कोष २ करोड १७ लाख १९ हजार ७७८ रुपैयाँ कर्जा लगानी २३ करोड ३९ लाख ८६ हजार ६०६ रुपैयाँ रहेको छ उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव संजीव सिंहले गर्नुभएको थियो साथै चालु आर्थिक बर्षमा ३५ करोड १९ लाख ७२ हजार ६७ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ

Leave a Reply