आईडियल सहकारी २६ औं बर्षमा,सदस्य कर्मचारीले केक काटेर मनाए खुशीयाली

राजविराजमा रहेका आइडियल सहकारी संस्था २६ औं बर्षमा प्रवेश गरेको छ ।
संस्था स्थापनाको अवसरमा आ एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष गणेश कुमार आशले संस्थाको स्थापना दिवसको शुभकामना दिँदै संस्थालाई आगामी दिनमा अझ बढी प्रभावकारी आधुनिक प्रविधिमैत्री तथा विश्वसनिय बनाइने बताउनु भयो ।
सहकारी संस्थाहरुमाथि अहिलेको अवस्थामा देखिएका चुनौति रहेको संस्थाका सचिव शैलेश कुमार चौधरीले बताए । उनले भने सहकारीको मूल्य मान्यता तथा सिद्धान्त अनुरूप कार्य गर्न सबै शेयर सदस्य र कर्मचारीेको दायित्य रहेको बताए ।
संस्थाका अध्यक्ष आशको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्था २६औ वर्षमा प्रवेशको अवसरमा केक काटेर कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो। कार्यक्रमको संचालन राजेश कुमार झाले गरेका थिए । सो अवसरमा संचालक समितिका सदस्य, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको उल्लख्य रुपमा सहभागिता रहेको थियो ।