जमुनी गणेश बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

जमुनी गणेश बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष गोपाल बिष्टको अध्यक्षतामा असोज ३ गते शुक्रबारका दिन बनेपा नगरपालिका स्थित संस्थाको सभाकक्षमा सम्पन्न भएको छ

सभामा अध्यक्ष बिष्टले सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढिरहेकोले सदस्यहरुलाई सहकारी शिक्षा तथा तालिम प्रदान गरी सहकारीका बारेमा सचेतना जगाउनुका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै सदस्यहरुको माग र आवश्यकता अनुसार संस्थाले विभिन्न क्षेत्रमा सेवा सुविधालाई विस्तार गर्दै आएको जानकारी दिनुभयो साधारण सभामा जेष्ठ नागरिक सदस्य सम्मान,उत्कृष्ट नियमित बचत,बाल बचत एंव असल कर्जा व्यसाय गर्ने सदस्य तथा उत्कृष्ट एस ई.ई सम्मान तथा यस वर्षको उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरिएको हो

साथै जेष्ठ नागरिक सदस्य भुमि प्रसाद शर्मा वाग्लेलाई सम्मान गरिएको थियो कार्यक्रममा गत आर्थिक वर्ष ०८१/०८२ को वार्षिक प्रतिवेदन लेखापरिवेक्षण प्रतिवेदन आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम बजेट तथा लेखा प्रतिवेदन लेखा समिति तथा प्राविधिक समितिको प्रतिवेदन लगायतका महत्त्वपुर्ण एजेण्डा प्रस्तुत गरी सर्वसम्मतीले पारित गरी सहकारीलाई अझ सबल सक्षम र विश्ववस्नीय बनाउन विभिन्न सुझाव तथा विचारहरु राखी सदस्यहरुलाई शुभकामना गरियो साथै सभामा ९२६ जना सदस्यहरुको उपस्थितिमा साधारण सभा सफलतापुर्वक सम्पन्न गरी संस्थालाई माया गरी निरन्तर साथ सहयोग गर्दै आएका सेयर सदस्यहरु कार्यसमिति पदाधिकारी कर्मचारी लगायत सबैमा धन्यवाद व्यक्त गरी विजया दशमी तथा शुभ दिपावलीको समेत शुभकामना आदान प्रदान गरी कार्यक्रम समापन गरिएको संस्थाका व्यवस्थापक रोशनराज श्रेष्ठले जानकारी दिनुभयो

Leave a Reply