सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दिपिन अर्याल चयन

0 Shares

सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दिपिन अर्याल चयन हुनुभएको छ असोज २५ गते शनिबार अम्ब्रेला इभेन्ट कलंकीमा सम्पन्न संस्थाको १६ औं बार्षिक साधारण सभाले अर्यालको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र अमृत बराईलीको संयोजकत्वमा तीन सदस्य लेखा सुपरिवेक्षण समिति सर्वसम्वत चयन गरेको छ नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा ओम प्रसाद ढकाल,सचिवमा राजन लम्साल,कोषाध्यक्ष बलराम सुवेदी चयन हुनुभएको छ त्यस्तै सञ्चालक सदस्यमा अप्सरा लामिछाने,बिवेक सिग्देल,दिपेन्द्र थापा,उमाकुमारी बिष्ट,कोपिला काफ्ले चयन हुनुभएको छ त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा अमृत बराईली चयन हुनुभएको छ भने सदस्यहरुमा प्रदिप लम्साल,अप्सरा रेग्मी चयन हुनुभएको छ साधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष सादुराम (सागर)लम्सालको अध्यक्षता एवं उपाध्यक्ष ओम प्रसाद ढकाल द्वारा स्वागत मन्तव्य गरी, उद्घघाटन संस्थाका पुर्व उपाध्यक्ष श्रीप्रसाद पाण्डेले गर्नुभएको थियो

 

सभामा प्रमुख अतिथि पाण्डेले सहकारीको मर्म र भावना स्वावलम्बन बाट बिचलित भई सञ्चालित सहकारी संस्थाहरु संकटमा परेको भन्दै उहाँले समुदायमा आधारित भएर सुशासनमा सञ्चालित सहकारी संस्थाहरु समस्यामा नरहेको स्पष्ट पार्नुभयो सदस्यहरुले सुरक्षित भविष्यको लागि गरेको बचत र सदस्यहरुको बिश्वास माथी खेलबाड गर्ने सहकारी संस्थाहरुका कारण सबै सहकारी संस्था प्रति नै आमनागरिकले हेर्ने दृष्टिकोण नकारात्मक हुनु चिन्ताको बिषय रहेकोले उहाँले सहकारी मार्फत उत्पादनमा वृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभयो कार्यक्रममा संस्थाका अध्यक्ष सादुराम लम्सालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन,कोषाध्यक्ष राजन लम्सालले आर्थिक प्रतिवेदन,लेखा समितिको संयोजक बलराम सुवेदीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो

 

त्यसैगरी संस्थाको आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्मको शेयर पुँजी ५१,८३,५०० कर्जा लगानी २,३३,२२,६३१ निक्षेप संकलन ३,३३,६२,४४२ कुल सञ्चालन आम्दानी ११,८५,९९० रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ साधारण सभाले उत्कृष्ट क्यु आर मोबाइल बैंकिङ प्रयोगकर्ता,नियमित मासिक बचतकर्ता,खुत्रुके बचतकर्ता,अधिक्तम उत्कृष्ट बचत कारोबार,उत्कृष्ट बचतकर्ता कारोबार,उत्कृष्ट कर्जा उपभोक्ता,उत्कृष्ट आवधिक बचतकर्ता ,उत्कृष्ट जेष्ठ नागरिककर्ता,मेहनती हात सम्मान,उत्कृष्ट सदस्य सेवा पुरस्कार,सहकार्य भावना सुनौलो हात सम्मान,बर्ष उत्कृष्ट कर्मचारी सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एंव सल्लाहकार भवनाथ लम्साल, संस्थाका सल्लाहकार बासुदेव सुवेदी,महिला उपसमिति सदस्य सुनिता कोइराला सुवेदी,धादिङ मण्डली साकोसका ब्यवस्थापक हर्षित दुवाडीले शुभकामना मन्तव्य राक्नुभएको थियो

Leave a Reply