गाम्चा सहकारीले गर्यो वडा मध्येकै पहिलो बिमा सम्झौता

भक्तपुर सुर्यविनायक नगरपालिकाको गाम्चा चोकमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले १० औैं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रम गरी आफ्ना शेयर सदस्यका लागि १ लाखको दुर्घटना बीमा र १० हजार रुपैया बराबरको औषधोपचार बीमा कार्यक्रम अघि बढाएको छ । प्रिमियर इन्स्योरेन्स भक्तपुर शाखासँग त्यसका लागि संस्थाले बीमा सम्झौता गरेको छ ।
संस्थाका अध्यक्ष विकाश खड्का र शाखा प्रबन्धक लिला रिजालले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । सूर्य्विनायक नगरपालिकाको वडा नम्बर ४ मा रहेको सहकारीहरुमध्ये गाम्चा साकोसले पहिलो पटक दुर्घटना तथा औषधोपचार बीमाको शुरुवात गरेको अध्यक्ष खड्काले बताएका छन् । स्थापना दिवसका अवसरमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरु, शेयर सदस्य, स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।