उत्कृष्ट बचतकर्तामा सम्मानित महिला जनचेतना सहकारी
मकवानपुर जिल्लाको हेटौडा उप– महानगरपालिका १५ चुरियामाई रातमाटेमा रहेको महिला जनचेतना बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । मकवानपुर जिल्ला बचत तथा सहकारी सहकारी संघको १३ औं बार्षिक साधारण सभाको अवसर पारेर जिल्लाकै सर्वाधिक बचत जम्मा गर्ने सहकारीको रुपमा उक्त संस्थालाई सम्मान गरेको हो । प्रदेश नम्बर ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सम्मान सहित प्रशंसा पत्र वितरण गरेका हुन् । २०५७ सालमा महिला–महिलाहरुको समूहहरुबाट मात्र स्थापना भएको यस संस्थाले यहाँसम्म आईपुग्दा शेयरपूँजी १५६९५६०० बचत ११४९७८६५७ पु¥याईसकेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको यस संस्थामा हालसम्म सदस्य संख्या बृद्धि भई २१०० भन्दा माथि पुगिसकेको संस्थाकी व्यवस्थापक साबित्री रुम्बाले बताईन ।
