संकल्पको दशौ बार्षिक साधरण सभा

रौतहट जिल्लाको चन्द्रनिगाहापुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधरण सभा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीको आतिथ्यता तथा संस्थाका अध्यक्ष विभु पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सभाको उद्घाटन कार्यक्रममा बोल्दै चौधरीले समाजिक कार्यमा सहकारी संस्थाले गरेको योगदानको चर्चा गरेका थिए । नगरलाई आर्थिक समृद्ध बनाउन वित्तिय संस्थाको आवश्यकता जरुरी रहेको पनि बताएका थिए । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष खड्गबहादुर बम्जनले सहकारी संस्थाहरुले बचत तथा ऋण मात्र सिमित नभएर सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक कार्यक्रमहरु संचालन गर्द आईरहेको बताएका थिए । ।
त्यसैगरी अतिथिहरुमा चन्द्रपुर नगरपालिका वडा ९ का वडा अध्यक्ष गोविन्द दुलाल, नम्वर ६ का वडा अध्यक्ष खड्ग कुश्वार, सफल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकी नेपाल एकिकृत सहकारी संस्थाका अध्यक्ष ठाकुर प्रसाद उपाध्याय लगायत विभिन्न संस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए । ।कार्यक्रममा कोषाध्यक्ष वलराम प्रसाद गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ७२ लाख ८६ हजार ३ रुपैया कुल नाफा गरेको मध्ये जसबाट ५७ लाख ६६ हजार ८८ रुपैया खुद नाफा गर्न संस्था सफल भएको जानकारी गराएका थिए । साथै संस्थाको चुतmापुँजी २ करोड ४१ लाख ४९ हजार २ सय रहेको र जगेडा कोषमा ९८ लाख ४१ हजार, ५ सय ७० रहेका पनि जनाईएको थियो । संस्थाले साधारण सभाको अवसर पारी जेष्ठ नागरिक, उत्कृष्ट शेयर सदस्य, लेखा सहायक, महिला लगायत संस्था र सामाजिक सेवा गर्ने व्यक्तित्वहरुलाई सम्मान पनि गरेको थियो
