बिन्दबासिनी साकोसको ८ औं साधारण सभा

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा रहेको बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा चन्द्रपुर नगर प्रमुख रामचन्द्र चौधरीकोे आतिथ्यता तथा संस्थाका अध्यक्ष शिव कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सभाको उद्घाटन गर्दै मेयर चौधरीले सहकारी संस्थाहरुसँग नगरपालिका मिलेर सम्बृद्ध नगर बनाउन अघि बढ्दै जाने धारणा व्यक्त गरेका थिए । त्यसैगरी विशिष्ट अतिथि रौतहट जिल्ला बचत संघका अध्यक्ष खड्गबहादुर बम्जनले सहकारीको सुरक्षाको लागि स्थानीय सरकार र प्रहरी प्रशासनबाट सहयोगको आवश्यकता रहेको बताइएको थियो । अर्का अतिथि संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विभु पोखरेलले सहकारीहरुले कुनैपनि कार्यक्रम गर्दा शेयर सदस्य लक्षित हुनुपर्नेमा जोड दिनुपर्ने जानकारी गराएका थिए ।
सभामा अध्यक्ष शिव कोइराला, सचिब भरतप्रसाद आचार्य, कोषाध्यक्ष शारदा पहाडी, लेखा सुपरिबेक्षण समिति संयोजक ऋषिराम काफ्लेबाट प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गोबिन्द कोईरालाले गर्नु भएको थियो । हालसम्म ९३० जना शेयर सदस्य र ६ करोड २१ लख ६६ हजार ४४८ रुपैया कुल कारोबार पु¥याईसकेको उक्त संस्थाले सदस्यहरुलाई १३ दशमलव ८० प्रतिशत लाभांश वितरण गरेको थियो । आगामी बर्षमा शेयरपुँजी र सदस्य संख्यालाई बृद्धि गर्दै लैजाने संस्थो योजना समेत बनाएको थियो ।
