महिला जनशक्तिको १८ औं बार्षिक साधारण सभा

मकवानपुर जिल्लाको हेटौडा उप– महानगरपालिका चुरियामाईमा रहेको महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा प्रदेश नं ३ का सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष जुना दंगालको अध्यक्षतामा सम्पन्न भईसकेको छ । कार्यक्रममा हेटौडा उप– महानगरपालिका उप– प्रमुख मिना लामा, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी लगायतहरुको उपस्थिति रहेको थियो । साधारण सभाको अवसर पारेर संस्थाले जेष्ठ नागरिक, एकल महिला, असल कारोबारकर्ता,असल व्यवसायी, अधिक सेयर खरिदकर्ता लगायतहरुलाई सम्मान गर्नुका साथै बोनस पनि वितरण गरेको थियो । ८३ लाख ४१ हजार ९ सय सेयरपूँजी, ७ करोड ५३ लाख ४६ हजार ९ सय ८१ भन्दा माथि कारोबार रहेको यस संस्थामा हालसम्म सदस्य संख्या बृद्धि भई १४०० जना पुगिसकेको संस्थाकी व्यवस्थापक माया तामाङले जानकारी गराएकी छन्् । अन्तराष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु पनि संचालन गर्दै आईरहेको बताईएको छ ।
