बागमतीको १० औं साधारण सभा

रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाको बागमतीमा रहेको बागमती बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा संस्थाका अध्यक्ष पदमप्रसाद पहाडीको अध्यक्षतामा सम्पन्न भईसकेको छ ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ रौतहटका अध्यक्ष खड्ग बहादुर बम्जन, संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विभु पोखरेल, संस्थाका संस्थापक अध्यक्ष बालकुमार लामा, नवविकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवबहादुर सापकोटा, स्वस्तिक सहकारीका अध्यक्ष नरेन्द्र राना लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
साधारण सभाको अवसर पारेर संस्थाले ११ जना पूर्व सञ्चालक, उत्कृष्ट बचत तथा ऋणको कारोबारकर्ता लगायत सदस्यहरुलाई बोनस वितरण पनि गरेको थियो । ७६,५९,३०० शेयरपूँजी, ४,३४,९६,३५५ करोबार रहेको उक्त संस्थामा हालसम्म सेयर सदस्य संख्या बृद्धि भई ६४० जना पुगेका छन् । संस्थाले कृषि, व्यवसाय, हायरपर्चेज, आकस्मिक, वैदेशिक, स्वरोजगार, शैक्षिक लगायतका क्षेत्रहरुमा सर्वशुलभ रुपमा ऋण लगानी गर्दै आईरहेको संस्थाका व्यवस्थापक नरेश प्रधानले बताएका छन् । ्
