सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउँदै बागेश्वरी सहकारी


सर्लाही जिल्ला बागमती नगरपालिको कर्मैया हाईवे रोडमा रहेको वागेश्वरी बचत तथा ऋण सहकारी संस्थाको स्थापना २०६३ सालमा भएको हो । डिभिजन सहकारी कार्यालय सर्लाहीबाट विधिवत रुपमा दर्ता भई २५ जना शेयर सदस्यहरुबाट शेयरपुँजी संकलन गरी यस संस्थाले कारोबार संचालनको गरेको थियो ।
अहिले आएर संस्थाको शेयरपूँजी ४८ लाख माथि पुगिसकेको छ भने कारोबार २ करोडको हाराहारीमा पुगिसकेको र संस्थामा हालसम्म सदस्य संख्या बृद्धि भई महिला र पुरुष गरी जम्मा ३५५ जना आबद्ध रहेका छन् । साथै संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर सदस्यहरुलाई बोनस पनि वितरण गर्ने गरेको छ । बागमती नगरपालिका भित्र कार्यक्षेत्र बनाई वित्तिय रुपमा कारोबार गर्दै आईरहेको यस संस्थाले व्यापार, कृषि, वैदेशिक रोजगार, भवन निर्माण लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिँदै सर्वशुलभ रुपमा ऋण लगानी गर्दै आएको छ । संस्थाले सदस्यहरुको बचत गर्ने बानी बसाल्नको लागि ऐच्छिक बचत, मासिक बचत, बाल बचत, स्पेशल बचत लगायतका खाताहरु पनि संचालन ल्याएको छ ।
संस्थाले सहकारी संस्था मार्फत सदस्यहरुको सुविधाको लागि मल, खाद्यहरु खेती गर्ने किसानहरुलाई सस्तो र सर्वशुलभ रुपमा विक्री वितरण गर्दै आएको आईरहेको छ । यस संस्थाले समुदायमा बासोबास गर्ने गरिब, पिछडिएका र निम्न आय स्रोत भएका वर्गहरुको आर्थिक उत्थानको लागि ठूलो सहयोग पु¥याउन सफल भएको छ । अन्तराष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको यस संस्थाले आगामी दिनहरुमा शेयरपूँजी, कारोबार र सदस्य संख्यालाई बृद्धि गर्दै लैजाने योजना बनाउँदै आईरहेको बताईएको छ ।
