सदस्यहरुको निरन्तर सेवामा धरहरा सहकारी

0 Shares
कार्यकारी प्रमुख विपिन खरेल
कार्यकारी प्रमुख विपिन खरेल

सर्लाही जिल्ला हरिवन नगरपालिको नयाँ रोड बजारमा रहेको धरहरा बहुउद्देश्यीय सहकारी संस्था २०५२ ÷०५३ सालमा डिभिजन सहकारी कार्यालयमा विधिवत रुपमा दर्ता भई २५ जना शेयर सदस्यहरुकबाट सेयरपूँजी संकलन गरी कारोबार गर्दै आईरहेको छ । अहिले आएर संस्थाको शेयरपूँजी ५० लाखको हाराहारीमा पुगिसकेको छ भने कारोबार २ करोड भन्दा माथि रहेको छ ।
हरिवन नगरपालिका पुरै र बागमती नगरपालिकाका केहि वडाहरुबाट वित्तिय कारोबार गर्दै आईरहेको यस संस्थाले सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउनको लागि कृषि, व्यापार लगायतका क्षेत्रहरुमा सर्वशुलभ रुपमा ऋण लगानी पनि गर्दै आएको छ । संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर जेष्ठ नागरिक, बचत तथा ऋणको उत्कृष्ट कारोबारकर्ता, कर्मचारीहरुलाई सम्मान गर्नुका साथै बोनस पनि वितरण गर्ने गरेको छ । अन्तराष्ट्रिय सहकारी, मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको यस सस्थाले समुदायमा आधारित भएर सदस्यहरुको सेवामा अगाडि बढ्न सफल भईरहेको छ ।
संस्थाले आगामी दिनहरुमा वित्तीय कारोबारलाई बलियो बनाउँदै लैजाने र सदस्यहरुलाई थप सेवा सुविधा प्रदान गर्ने योजना बनाएको जानकारी गराईएको छ ।

Leave a Reply