सामाजिक कार्यमा अगाडि बढ्दै सर्वशुलभ सहकारी

समुदायमा छरिएर रहेको सानो तिनो पूँजीलाई विभिन्न समूह–समूह बनाई गाउँघरका मानिसहरुलाई बचत गर्ने बानीको विकास गर्ने र

आवश्यकता अनुसार समस्या परेको बेलामा ऋण पनि उपलब्ध गराउने मुख्य उद्देश्यका रुपमा संचालित हुँदै आईरहेको यस सर्वशुलभ बचत नामक समूहले २०६६ साल माघ १८ गते डिभिजन सहकारी कार्यालय पर्सामा सर्वशुलभ बचत तथा ऋण सहकारी संस्थाको रुपमा दर्ता भई २५ जना सेयर सदस्य बनाएर २५००० हजारका दरले सेयर संकलन गरी साविक बारा जिल्लाको मनहर्वा गाविस हाल जितपुर सिमरा
उपमहानगरपालिका १८ बडहर्वा चोकमा कार्यालय स्थापना गरी कारोबार गर्दै आएको थियो । अहिले आएर यस संस्थाको शेयरपूँजी ७६ लाखको हाराहारीमा पुगेको छ भने कारोबार ५ करोड ५० लाख मन्दा माथि रहेको छ । हालसम्म संस्थामा ७०० सय सदस्यहरु आबद्ध रहेका छन् । संस्थाको कार्यक्षेत्र जितपुर– सिमरा उपमहानगरपालिकाको १६,१७, १८ छ भने कलैया उपमहानगरपालिको १५, १६, २१, २२, २४ रहेको छ । सदस्यहरुलाई बचत तथा ऋणको सुविधाका लागि संस्थाले १२ धुर जग्गामा बनेको आफ्नै भवनबाट कारोबार संचालन गर्दै आईरहेको छ । स्वदेश तथा विदेशबाट आएको रकमलाई झिक्न र पठाउनको लागि प्रभु, एक्सप्रेस मनी, मनीग्राम, वेष्र्टन युनियन लगायतका रेमिट्यान्स सेवाहरुको उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले स्वास्थ्य शिविर संचालन, रक्तदान, विद्यालय निर्माण तथा स्वास्थ्य चौकीमा बिरामीहरुको सुविधाका लागि बेड, कुर्सी, टेबल लगायतका सामाग्रीहरु वितरण, बृद्धाआश्रमलाई आर्थिक सहयोग नगर÷टोल सरसफाई कार्यक्रम गर्नुका साथै समाजमा पिछडिएका गरिब, अपांग अनाथ र निम्न आय भएका वर्गहरुलाई आर्थिक सहयोग लगायत तराईमा जाडो मौसम धेरै भन्दा धेरै हुने भएकाले अशक्त तथा हिडडुल गर्न नसक्ने अवस्था भएकाहरुलाई कम्बल वितरण कार्य पनि संस्थाले गर्दै आएको छ ।

कृषि व्यवसायलाई बढि भन्दा बढि प्राथमिकता दिँदै आएको यस संस्थाले विभिन्न शिर्षकमा कृषि तथा पशुपालन, व्यवसाय, लघु उद्यम, आवास निर्माण, वैदैशिक रोजगार, सामाजिक तथा संकटकालीन कर्जा सर्वशुलभ रुपमा लगानी गरेको छ । साथै संस्थाद्धारा दैनिक, साप्ताहिक, मासिक, ऐच्छिक, आवधिक खाताहरु संचालित रहेका छन् । अन्तराष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको यस संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर वोनस वितरण, जेष्ठ नगारिक, उत्कृष्ट बचतकर्ता, शेयर सदस्य, छात्रछात्रहरुलाई सम्मान, सदस्यहरुलाई विभिन्न सहकारी सम्बन्धी तालिम गोष्ठी तथा भ्रमण अवलोकन गर्नुका साथै आफ्नो सदस्यहरुको मृत्यु भएमा पिडित परिवारसँग भेटघाट गरी साहानुभूती प्रकट गर्दै संस्थाको तर्फबाट सदस्य राहत स्वरुप फलफुल वितरण तथा आर्थिक सहयोग पनि संस्थाले गर्दै आएको छ ।
