विश्वमा सहकारी अभियानले पुर्याएको योगदान

अहिले विश्वमा एक अर्ब जनसंख्या सहकारीहरुको सदस्य रहेका छन् । यस क्षेत्रले विश्वमा २५ करोड जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ । अप्रत्यक्ष रुपमा विश्वका ३ अर्ब मानिसहरु सहकारी अर्थव्यवस्थाबाट कुनै न कुनै प्रकारले लाभान्वित रहेको अनुमान गरिएको छ । युरोपको कुल ग्राहस्थ उत्पादनमा ६ देखि ७ प्रतिशत योगदान सहकारीको रहेको छ । जापान र दक्षिण कोरियाका ९० प्रतिशतभन्दा बढि किसानहरु सहकारीमा आबद्ध भई कृषिमा सक्रिय रहेका छन् । न्युजिल्याण्डका सहकारीहरुले कुल ग्राहस्थ उत्पदनमा २२ प्रतिशतले र अफ्रिकी मुलुक केन्यमा सहकारीहरुले ४५ प्रतिशतले योगदान पु¥याएको तथ्यांक प्रकाशमा आईसकेको छ । अमेरिका लगायत बहुसंख्यक विकसित मुलुकहरुमा सहकारी व्यवसायको बाक्लो र महत्वपूर्ण उपस्थिति रहेको छ । बैकिङ्ग सेवा, बचत तथा ऋण परिचालन, विमा, उपभोक्ता भण्डार, कृषि, आवास, स्वास्थ्य, उर्जा, शिक्षा, पर्यटन लगायत साना तथा घरेलु उद्योग जस्ता आर्थिक क्षेत्रमा सहकारी पद्धतिका व्यवसायहरु उपभोक्ता सहकारीहरुमा २ करोड ९० लाख सदस्यरु आबद्ध रहेका छन् यसमा ४ लाख व्यक्तिहरुले रोजगारी पाईसकेका छन् । यी उपभोक्ता सहकारीको कुल सम्पत्ति ७३ अर्ब यूरो रहेको छ । अमेरिकामा १ हजार विधुत सहकारी क्रियाशिल रहेका छन् । जसले देशको ४० प्रतिशत विधुत आपूर्तिको सुनिश्चितता गरेको छ । यी सहकारीले ३ करोड ७० लाख सदस्य र तिनका परिवारलाई विधुत सेवा उपलब्ध गराएको छ । अमेरिकाको ७५ प्रतिशत भ–ूभागमा विधुत आपूर्ति गर्न यी सहकारी सफल भएका छन् । अर्जेण्टिना र वोलिभियामा खानेपानीको आपूर्ति गर्ने सहकारीको सफलता छुट्टै उदाहरणको रुपमा लिन सकिन्छ । यी दुई देशहरुमा ७ लाख परिवारलाई खानेपानीको आपूर्ति गर्ने काम सहकारी संस्थाहरुले गर्दै आएका छन् । इटालीमा २५ हजार श्रमिक सहकारीमा आबद्ध रहेका छन् । त्यसैगरी स्पेनमा सन् १९९८ देखि २००८ भित्र स्थापना भएका १४ हजार सहकारी संस्थाहरुमा ७५ प्रतिशत श्रमिक सहकारीमा आबद्ध रहेका छन् । युरोपको फ्रान्स पनि सहकारी व्यवसायको लागि प्रसिद्ध रहेको छ । विशेष गरी बीमा व्यवसायको २५ प्रतिशत विश्व अंश सहकारी बीमाले ओगटेको देखिन्छ । जर्मनीको ४४ प्रतिशत, फ्रान्सको ३९ प्रतिशत, जापानको ३८ प्रतिशत, अमेरिका र क्यानडामा ३० प्रतिशत विमा व्यवसायमा सहकारी बिमा (mगतगब िष्लकगचबलअभ) को योगदान रहेको छ । अहिले केहि देशहरुमा सामाजिक सेवामा सहकारीहरुको प्रचलन पनि बढेर गएको छ । अहिले केहि देशहरुमा सामाजिक सेवा सहकारीहरुको प्रचलन पनि बढेर गएको देखिन्छ । त्यसैगरी इटालीमा यस्ता सहकारीको संख्या १४ हजार पुगिसकेको छ । जसले ३ लाख ५० हजारलाई प्रत्यक्ष रोजगारी दिँदै ३५ हजार स्वंयसेवकहरु परिचालन गरिरहेको देखिन्छ । सामाजिक सेवा र सहकारीहरुको अवधारणा सहकारी क्षेत्रको योगदानको पछिल्लो सफल उदाहरुण हो । युरोपको ६० प्रतिशत कृषिजन्य उत्पादनको प्रशोधन र बजारीकरणमा कृषि सहकारीको योगदान कृषि उत्पादन, प्रशोधन, बजारीकरणमा २९ प्रतिशत र कृषि सामाग्रीको आपूर्तिमा २६ प्रतिशत रहेको छ । युरोपमा अहिले ४६ सय सहकारी बैंकहरु संचालनमा रहेका छन् । जसका ६३ हजार शाखाहरुले ५ करोड सदस्यहरु (युरोपको जनसंख्याको १० प्रतिशत ) लाई सेवा दिईरहेको छ । यी बैंकहरुले करिब १९ करोड मानिसहरुलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ भने ७ लाख ९० हजारलाई रोजगारी दिन सफल भएको छ । ५.६५ अर्ब यूरो सम्पत्ति भएका यी सहकारी बैंकहरुले वित्त बजारको २० प्रतिशत अंश ओगटेका छन् । त्यसैगरी युरोपमा ३२ सय उपभोक्ता सहकारीहरु रहेको तथ्यांक छ । यी सहकारी अभियानमा एक्लैले समुदायमा दीगोे विकासका लक्ष्यहरु हाँसिल गर्न सक्दैनन् । सहकारीले अन्य सम्बन्धित पक्षहरु जस्तै सरकार वा अन्य सरोकारवाला निकायहरुसँग संयुक्त रुपमा काम गर्नुपर्ने हुन सक्दछ । दीगो विकासका लक्ष्यहरुको प्राप्ति भनेको बहुआयामिक विषय हो । यसमा सरकारी वा गै्रह्र सरकारी संघ– संस्थाको भूमिका अत्यावश्यक रहन्छ । यसरी स्थानीय निकाय, प्रदेश वा केन्द्रिय सरकारका सम्बन्धित सरोकारवाला निकायहरु, व्यवसायिक कम्पनी, फर्म, स्वंय सेवी समूहहरु वा कुनै अन्य निकायसँग साझेदारी वा सहकार्यको आधारमा काम गर्नुपर्ने अवस्था आउन सक्दछ । यसरी बाह्य निकायहरुसँग साझेदारी गर्दा सहकारीको स्वायत्त र स्वतन्त्र चरित्रको प्रतिकुल भने हुनु भएन । त्यसैगरी सदस्यहरुको सहकारीमा हुने प्रजातान्त्रिक नियन्त्रणलाई प्रतिकूल असर नपर्ने गरी यस्तो साझेदारी वा सहकार्य गर्न सकिन्छ भन्ने जस्ता सीमाहरुका बारेमा ख्याल गर्नु आवश्यक छ । सहकारीले कुनै अन्य प्रकृतिको संघ– संस्था वा सरकारी निकायहरुसँग काम गर्दा समग्रमा सहकारीको स्वायत्त र स्वतन्त्रता एवं सदस्यहरुको प्रजातान्त्रिक नियन्त्रणको पक्षलाई जहिले पनि उच्च सम्मानका दिएर मात्र निर्णय लिनुपर्ने हुन्छ ।
सहकारीले जहिले पनि विश्व शान्ति र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । निर्दिष्ट सिद्धान्त र मूल्यहरुको अभ्यासका कारण सहकारीमा यो चरित्र निर्माण भएको हो । सहकारीले हरेक तहमा सबैका लागि शान्ति, सामाजिक ऐक्यबद्धता, सामाजिक न्याय र सम्बृद्धिका लागि काम गरिरहने प्रण गर्नुपर्दछ । शान्ति र सद्भावका लागि देखिने र प्रभाव पार्ने तहको कार्यक्रमको ढाँचा बनाएर यस्तो कार्यक्रमको कार्यान्वयन गर्ने बार्षिक क्यालेण्डर पनि बनाउन सकिन्छ । त्यसबाहेक शान्ति र सद्भावसँग जोडिएका कुनै पनि अनुकूल प्रतिकूल परिस्थितमा सोहि अनुरुप आफुलाई प्रस्तुत गर्न सक्नु सहकारीको महत्वपूर्ण काम हो । सहकारीको सातौं सिद्धान्तको पूर्ण उपयोग गर्न सहकारीहरुले स्थानीयस्तरमा सशक्त र प्रभावकारी नागरिक समाजहरुको निर्माणमा ध्यान जान पनि जरुरी रहेको छ । सहकारीलाई यस्ता नागरिक समाजहरुसँग सहकार्य गर्ने अवसर प्राप्त हुनुका साथै दीगो विकासका लक्ष्यहरु हाँसिल गर्ने काममा साझेदारी गर्न पनि सहज हुन्छ । नागरिक समाजको क्षमता अभिबृद्धिमा समेत सहकारीको सहयोग हुन आवश्यक छ । यस्तो नागरिक समाजको विभिन्न स्वरुप हुन सक्दछ । समुदायको दीगो विकासका आर्थिक, सामाजिक र वातावरणीय उद्देश्यहरु हासिल गर्न उपयोगी हुने खालको नागरिक समाजको निर्माणमा अभियान केन्द्रित हुनु पर्दछ । नेपालको हकमा यस्ता नागरिक समाज अन्तर्गत पत्रकार संघ, युवा क्लब, ट्रेड युनियन, टोल विकास संस्था, विद्यार्थी मञ्च, साहित्य समाज, जेष्ठ नागरिक मञ्च, गुठी, नागरिक सरोकार मञ्च, उपभोक्ता हकहित संघ आदि हुन सक्दछन ।
विश्वमा प्रख्यात सहकारी बैंकहरु रहेका छन् । यसमध्ये फ्रान्सको अचभमष्त ब्नचष्अयभि लाई लिन सकिन्छ । यसको कुल सम्पत्ति १.९ ट्रिलियन (१९ खर्ब) यूरो रहेको छ भने यस अन्तर्गत रहेका ३९ वटा सहकारी बैंकहरुको ११ हजार ६ सय शाखाहरु मार्फत सदस्यहरुले सेवा पाईरहेका छन् । यो समूहका बैंकहरुमा १ लाख ६२ हजारले रोजगारी पाएका छन् । त्ष्भच यलभ अबउष्तब िको आधारमा यो बैंक फ्रान्सको पहिलो, यूरोपको दोस्रो र विश्वकै आठौं ठूलो बैंक हो । यसका २ करोड १० लाख ग्राहकहरु रहेका छन् भने ६० वटा देशहरुमा सेवाको विस्तार भएको छ । यसले बिमा र सम्पत्ति व्यवस्थापनको व्यवसाय समेत संचालन गरेको छ । सन् २००८ मा यो बैंकलाईक्ष्ऋब्ले विश्वमै दोस्रो ठूलो सहकारीको रुपमा सूचिकृत गरेको थियो । सन् १८९४ मा फ्रान्सका तत्कालिन कृषिमन्त्री वगभिक ःभष्लिभ ले अचभमष्त ब्नचष्अयभि को रुपमा गाउँ– गाउँमा वित्तीय सहकारीहरुको स्थापनाको लागि कानूनी आधार निर्माण गराएका थिँए । यी सहकारीहरुको संख्या विस्तार हुँदै गएपछि समन्वयका लागि क्षेत्रिय बैंकको आवश्यकता महशुस गरियो र सरकारले कानून परिमार्जन गरिदिएपछि सन् १८९९ मा ग्रामिण तहका यिनै सहकारीहरुको स्वामित्वमा क्षेत्रिय बैंकहरुको स्थापना भयो भने १९२० मा केन्द्रिय बैंकको स्थापना समेत भयो । यो समूहले सन् १९३५ मै बचत निक्षेप सुरक्षण कोषको अवधारणा प्रयोगमा ल्याईसकेको थियो । सन् १९६३ मा स्वंयम वित्तीय व्यवस्थापनका लागि समूहले ५ बर्षे प्रमाणपत्र र लामो अबधिको वोण्ड जारी गरेर प्रयाप्त निक्षेप संकलन गरी गाउँ– गाउँमा किसानहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गर्न सकेको थियो । सन् १९६६ मा सरकारले यो बैंकलाई स्वायत्तता प्रदान ग¥यो । पहिलो पटक सन् १९७९ मा अमेरिकाको सिकागोमा शाखा बैंकको स्थापना गरी विश्व बजारमा प्रवेश ग¥यो । सन् १९८८ मा यो बैंकलाई पूर्ण रुपमा सरकारले निजीकरणमा लग्यो । त्यसपछि सन् २००१ मा यसको शेयर एक्सचेन्जमा सूचिकृत समेत भएको छ । यसमा अहिले फ्रान्स ३९ वटा क्षेत्रिय सहकारी बैंकहरुको स्वामित्वमा रहेको छ । यी बैंकहरुमा २ करोड ग्राहकहरु रहेका छन् । यो बाहेक ६२ लाख सदस्य रहेका २५३१ वटा स्थानीय सहकारी बैंकहरु मार्फत यो समूहमा बलियो पकड रहेको छ । सन् २००८ देखि यसले किसान कालिगढ तथा साना व्यवसायीहरुलाई वित्तीय सेवा पु¥याउन बंगालादेशको मोडेलमा ग्रामिण क्रेडिट एग्रिकोलको स्थापना गरी गरिब परिवारलाई लक्षित कार्यक्रम पनि सञ्चालनमा ल्याएको थियो ।