उत्पादनमूलक कार्य गर्न सहकारी ऐनमा स्पष्ट व्यवस्था छैन-तीखवीर राई

बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी ऐन २०७४ ले ३ वर्षभित्र मुख्य कारोवार गर भन्छ, तर सो ऐनमा नगरेमा के हुने र गर्दाखेरी कहाँ र कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था छैन । यसले तिनलाई अन्यौलग्रस्त बनाएको छ ।
कुनै परियोजनामा तिनका सदस्यहरुले लगानी गर्नको लागि त्यो ऐनमा आधारहरु छैन । जस्तै हाम्रो शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लि. मा ३००० सदस्यहरु छन् । तिनीहरुमध्ये कति जनाले परियोजनामा सहभागिता जनाउने, त्यसको प्रतिफल वितरण कसरी गर्ने र पूँजी संरचना कस्तो हुने भन्ने कुरा अस्पष्ट छ । यदि बहुउद्देश्यीय सहकारी संस्था लि.का सिमित सदस्यहरुले परियोजना सञ्चालन गरे बाँकी सदस्यहरुलाई प्रतिफल वितरण गर्ने कि नगर्ने ? त्यो परियोजना सञ्चालन गर्दा कसरी गर्ने ? यदि सबै सदस्यहरुले परियोजना सञ्चालन गर्ने हो भने कुन आधारमा गर्ने जस्ता कुराहरु ऐन तथा नियमावलीमा स्पष्ट हुनुप¥यो ।
