अनलाइनबाट सहकारीको अनुगमन शुरु गर्दैछौं – नवराज ढकाल

 

नवराज ढकाल , सहायक प्रवक्ता तथा सहकारी विभाग प्रमुख , काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकामा सहकारी विभागले गत साउन १ गतेबाट कार्य शुरु गरेको हो । काठमाडौं महानगरपालिका अन्तर्गतका सबै विधाका १८५९ वटै सहकारी संस्थाहरुका सबै फाइलहरु हामीले व्यवस्थापन गरी सकेका छौँ । तिनीहरुहरुलाई कम्प्युटरमा व्यवस्थापन गर्न रु. १० लाख बजेट छुट्याइएको छ र यसको कार्य प्रक्रिया अगाडि बढिरहेको छ । पारदर्शीताका लागि अफिसमा सी.सी. टी.भी. जडान गरिएको छ ।
सहकारी संस्थाहरुको एकीकरणलाई पनि फोकस गरेका छौं । इच्छुक सहकारी संस्थाहरुको एकीकरण कार्यक्रम प्रयोजनका लागि रु. २ लाख बजेट समेत छुट्याएका छौँ ।
सहकारी शिक्षा कार्यक्रम यही मंसिर महिनाबाट चरणबद्ध रुपमा अगाडि बढाउदै छौं । यसका लागि राष्ट्रिय दैनिक पत्रिकामा सूचना समेत जारी गरिएको छ । हामी संघीय सहकारी विभागको कोपो मिसमा सहभागी भएका छौं । हामी हाम्रो विभाग अन्तर्गतका सहकारी संस्थाहरुलाई अनलाइनबाट अनुगमन तथा नियमन गर्ने कार्य गर्दैछौ । सहकारी संस्थाहरुका लागि अयचउ२पबतजmबलमग.नयख.लउ इमेल आईडी बनाएका छौँ । हामीले गुनासा लगायतका सहकारी सम्बन्धी सबै कुराहरु सो इमेल आईडीमा पठाउन सक्ने व्यवस्था गरेका छौँ ।
जति नै अगाडि दर्ता गरेको भए पनि हामीले हाम्रो विभाग अन्तर्गतका सहकारी संस्थाहरुलाई आर्थिक वर्ष २०७२÷७३ लाई आधार मानेर व्यवसाय दर्ता गर्न सूचना जारी गरेका छौं । काठमाडौं महानगरपालिकाले २०७४ चैत्रमा सहकारी ऐन , २०७४ जारी गरी सकेकाले त्यो लगायतका सबै ऐन , कानुनहरुको कार्यन्वयनमा लागिरहेका छौं ।
हामी सहकारी ऐन , कानुन अनुसार सबै सहकारी संस्थाहरुलाई डो¥याउने योजना अनुरुप हामी अगाडि बढिरहेका छौ । राम्रो कार्य गर्ने सहकारी संस्थालाई पुरस्कृत र खराब कार्य गर्ने सहकारी संस्थालाई दण्डित गरिनेछ ।

(ढकालसँग सहकारी सञ्जालको कुराकानीमा आधारित)

Leave a Reply