नागरिक विकास आफ्नै भवनमा

nagarik bikash house

nagarik bikash house
नागरिक विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट वित्तीय कारोबार शुरु गरिसकेको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी नवनिर्मित भवनको उद्घाटन गरेको हो । भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
मध्यपुर थिमी नपा–३, सागबारीमा साढे ५ आना क्षेत्रफलमा संस्थाले ५ तले आधुनिक र सुविधासम्पन्न भवन निर्माण गरी कारोबार शुरु गरेको संस्थाका अध्यक्ष नुनम सुब्बाले बताए ।
२०६६ साल माघ ३ गतेबाट औपचारिक कारोबार शुरु गरेको संस्थाले नौ वर्षको अवधिमा धेरै खुड्किला पार गर्न सफल भएको छ । उक्त उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक, शेयरसदस्य, स्थानीय, कर्मचारी र विभिन्न संघ –संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । अन्तराष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको यस संस्थाले आफ्ना सदस्यहरुको हक हितका लागि विभन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु पनि संचालन गर्दै आईरहेको छ

Leave a Reply