पाँचखालमा आयामको सेवा केन्द्र

काभ्रे जिल्लाको बनेपा बजारबाट मुख्य कारोबार गर्दै आईरहेको आयाम बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सुविधाको लागि पाँचखाल नगरपालिका वडा नं ४ मा सेवा केन्द्रको स्थापना गरिसकेको छ ।
काभ्रेपलान्चोक जिल्लाका प्रदेश सांसद लक्ष्मण लम्सालको प्रमुख अतिथ्यतामा सो कार्यक्रम उद्घाटन गरिएको थियो । सभामा प्रमुख अतिथि लम्सालले सहकारी संस्था जनताको सहयोगी संस्था बनेर अगाडि बढ्नुपर्ने बताउँदै सहकारीले सामान्य मानिसको जिवनयापनमा प्रत्यक्ष सरोकार राख्ने विषयबस्तुलाई प्राथमिकतामा राखेर उत्पादनमुलक क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए । सरकारले सहकारी अर्थ ब्यवस्थालाई तेस्रो खम्बाको रुपमा संविधानमै समेटेको अवस्थामा पाँचखाल नगरपालिकामा कृषि लगानीलाई प्रोत्साहन गर्दे कृषि क्रान्ति गर्न सकिने सुझाव समेत राखेका थिए । उद्घाटन कार्यक्रमको सभापतित्व गरेका संस्थाका अध्यक्ष नवराज घोरासैनीले सहकारीको नीति, नियम र परिधिभित्र रहेर आफ्ना सदस्यहरुको आर्थिक, समाजिक, संवेगात्मक विकासमा आयाम साकोस सदैव अग्रसर हुने धारणा व्यक्त गरे । उनले संस्थाले अघि सारेका कार्यक्रमहरुमा सहभागी भएर सेवा उपभोेग गर्न आग्रह गर्दै स्वरोजगार कर्जा अन्र्तगत यस संस्थाले पहिलोे र दोस्रो किस्ता गरेर ३९ जना युवाहरुलाई सहभागी गराइएको पनि कार्यक्रम मार्फत जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्की, पाँचखाल न.पा. सहकारी शाखा प्रमुख ईश्वर अधिकारी, पाँचखाल न.पा.का वडा नं. १, २, ३, ४, ५, ६ र ७ का वडाध्यक्षद्धय अष्टबहादुर तामाङ, हरि खतिवडा, सुन्दर अधिकारी, सुन्दर लामा, बालकृष्ण सापकोटा, रामशरण दुलाल, पुष्कर ढकाल, प्रभु साकोसका अध्यक्ष श्यामकृष्ण लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक सदस्य सत्यवती भट्टराई, जिल्ला सहकारी संघ, काभ्रेका सञ्चालक सदस्य ठाकुरनाथ अधिकारी, संस्थाका सल्लाहकार टिकाराम खड्गी, लगायतका संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ५ करोड ५० लाख भन्दा माथि कुल सम्पत्तिमा संचालित यस संस्थाको बाल सदस्य सहित २००० भन्दा बढि सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरहेको संस्थाकी प्रबन्धक सविना पन्तले बताईन ।
