लामोसाँघु सहकारीको ९ औं साधारणमा सभा, सदस्यहरुलाई सिपमूलक बनाउँदै

lamo sanghu saccos photo

lamo sanghu saccos photo
सिन्धुपाल्चोक जिल्लाको लामोसाघुमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले ९ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरिसकेको छ । सो सभामा बोल्दै अध्यक्ष श्रेष्ठले संस्थामा आबद्ध सदस्यहरुलाई उत्पादन र व्यवसायमा लगाउने, सामुहिक प्रणालीलाई प्राथमिकता दिने, शिक्षा क्षेत्रमा अधिकतम लगानी गर्ने संस्थाको उद्देश्य रहेको जनाए । साथै संस्थाले आफ्नै भवन निर्माणका लागि ३ आना जग्गा खरिद गरिसकेकाले यहि आर्थिक बर्ष भित्र भवन निर्माण कोष खडा गरी कार्य अगाडि बढाउने समेत उनले बताएका थिए ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका –८ लामोसाँघुमा रहेको संस्थाले बलेफी गाउँपालिकाका वडा नं ६, ७ र ८, सुनकोशी गाउँपालिकाको ७, त्रिपुरासुन्दरी गाउँपालिकाको ६ र बाह«बिसे नगरपालिकाको वडा नं ९ लाई आफ्नो कार्यक्षेत्र बनाएर उक्त संस्थाले आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । समाजमा निम्न आय र पिछडिएका वर्गहरुको आर्थिक उत्थान गर्दै वित्तिय कारोबार गर्दै आईरहेको यस संस्थाले डिभिजन सहकारी कार्यालयबाट २०७१÷०७२ मा जिल्लाकै उत्कृष्ट सहकारीको सम्मान पनि पाईसकेको छ ।
संस्थाले भूकम्पपछिको पुनर्निर्माणलाई सहज बनाउन र उनीहरुमा सीप विकास गरी जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले साना किसान विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोग र ट्रेनिङ सेन्टर नेपालको संयोजनमा १० जना महिला तथा पुरुषलाई ५० दिने डकर्मी तालिम सञ्चालन गरिएको संस्थाका व्यवस्थापक रविन विश्वकर्माले जानकारी दिए ।
संस्थाको शेयरपूँजी ५० लाख, बचत संकलन ४ करोड, ऋण लगानी ४ करोड २० लाख, जगेडा कोष २४ लाख ६१ हजार रहेको छ भने संस्थामा हालसम्म आबद्ध शेयर सदस्यहरु १ हजार ४१७ जना रहेको बताइएको छ । रेमिट्यान्स लगायत सदस्यहरुलाई बिजुली, विद्युत, पानी, रिचार्ज तथा बिल भुक्तानी जस्ता सेवा प्रदान गर्दै आईरहेको यस संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर सदस्यहरुलाई १५ प्रतिशत बोनस पनि वितरण गर्दै आईरहेको छ ।

Leave a Reply