गैडाकोट स्वाभिमान सहकारीद्धारा बिपन्न बिद्यार्थिहरुलाई स्विटर बितरण

gaidakot saccos

gaidakot saccos
नवलपरासी जिल्लाको गैडाकोटमा रहेको स्वाभिमान वचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २५ औं रजत वर्षको अवसरमा गैडाकोट १– मा अवस्थीत श्री नवदुर्गा प्रा.वि का ९५ जना विपन्न वर्गका विद्यार्थीहरुलाई संस्थाको न्यायो अभियान कार्यक्रम अन्तर्गत स्वीटर तथा स्टेशनरी सामान वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम गैडाकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष देवराज पौडेलको अध्यक्षतामा सम्पन्न गरिएको थियो । साथै अन्य अतिथीहरुमा संस्थाका संस्थापक अध्यक्ष श्री गोविन्द सुवेदी, पुर्व अध्यक्ष श्री धन वहादुर पौडेल, उपाध्यक्ष श्री पोषणराज सुवेदी, कोषाध्यक्ष श्री शान्ति सापकोटा, सह सचिव शकुन्तला तिवारी, कार्यसमितिका सदस्यहरु, उप समितिका पदाधिकारीहरु, कर्मचारीहरु, विद्यालय व्यवस्थापनका अध्यक्ष पुर्ण प्रसाद गौडेल, विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
संस्थाका प्रमुख व्यवस्थापक रामचन्द्र सुबेदीले सो कार्यक्रम संचालन गरेका थिए । एसियाली ऋण महासंघ द्धारा एक्सेस ब्राण्ड प्राप्त गरिसकेको यस संस्थाको कुल सम्पत्ति ७४ करोड रहेको छ भने संस्थामा हालसम्म ८ हजार सदस्यहरु आबद्ध रहेका छन् ।

Leave a Reply