ज्योति विकासको छैटौं बार्षिक साधारण सभा

jyoti bikash bhakktput

jyoti bikash bhakktput
भक्तपुरको सूर्यविनायक चोक छेउमा रहेको ज्योतिविकास बचत तथा ऋण सहकारी संस्था लि.को छैटौँ बार्षिक साधारणसभा यो यो बैंकेट घलातेमा २०७५ असोज २७ गते सूर्यविनायक नगरपालिकाका मेयर बाशुदेब थापाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष यादव राईको अध्यक्षतामा सम्पन्न भयो । संस्थाका प्रवन्धक डेकिन्द्रकुमार राईले स्वागत र ऋषि श्रेष्ठले सञ्चालन गरेको साधारणसभामा भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ , भूमि व्यवस्थापन,सहकारी तथा गरिबी निवारण मन्त्रालयका उप–सचिव उपेन्द्रबहादुर ढुंगाना , गोर्खाज फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष पुरञ्जन मुकारुङ विशेष अतिथि हुनुहुन्थ्यो । सो अवसरमा प्रमुख अतिथि थापा र संस्थाका अध्यक्ष राईले २०७४ सालको एस.ई.ई. परीक्षामा सर्वोत्कृष्ट अंक (ब्ं) ल्याउने २२ जना विद्यार्थीहरु , जेष्ठ नागरिक , सफल उद्यमी उत्कृष्ट बचतकर्ता र उत्कृष्ट व्यवसायीहरुलाई सम्मान गरेका थिए ।
संस्थाका अध्यक्ष राईले आफ्नो संस्थामा आर्थिक बर्ष २०७४÷७५ मा ७१८ जना सेयर सदस्यहरु , रु. १,३८,४२,२८२ सेयर पूँजी , रु. ३२,५५,५९,२५७÷६५ निक्षेप ,रु. ४७,२४, ८२१÷३९ जगेडा तथा कोषहरु र रु. २८,१८,८१७÷५१ खुद नाफा रहेको बताउदै उनले चालु आ.व.मा यस संस्थाले बिभिन्न बचत योजनाहरु सञ्चालनमा ल्याउने कार्य गरी संस्थाको निक्षेप बृद्धिमा अधिकतम प्रयास गरी बचत संकलनको लक्ष्य पुरा गर्ने योजना रहेको र बचत गर्ने बानीको जनचेतना फैलाई साना बचतको लागि साना बचतकर्ता सदस्यको संख्यामा विस्तार गरिने लक्ष्य रहेको रहेको बताएका थिए ।

Leave a Reply