माउण्ट धौलागिरी सहकारीको सामाजिक सेवाको लागि १ करोडको अक्षय कोष स्थापना

माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. को १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आई.एम.ई ग्रुप, ग्लोबल आई.एम.इ. बैंक लि तथा चन्द्रागिरि हिल्स लि. केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका थिए ।
बिशिष्ट अतिथिहरु पुर्ब सांसद तथा सामाजिक उधमशिलाका अभियान्ता ऋषिकेश तिवारी, नेपाल सरकार पुर्ब मुख्यसचिव तथा धौलागिरी समाज नेपालका अध्यक्ष मुकुन्द शर्मा पौडेल, बैंकर्स तथा आई.एम.ई सि.एस.एल कार्यकारी अध्यक्ष योगेश्वर ढकाल, प्रा डा चन्द्रराज सापकोटा , प्रा डा ढुण्डि राज पौडेल, ई डा. पर्मेशवर पोख्रेल, गण्डकी ग्रुप अध्यक्ष योगेश्वर पोख्रेल, प्रा. तिलक बहादुर कुँवर, उधोगपती बिश्व मोहन ओझा, नेपाल रास्ट्र बैंक बिभागिय प्रमुख रामहरि न्यौपाने, बिभागिय का.मु. निर्देशक डिलाराम सुवेदी, कृषि बिकाश मन्त्रालय सह सचीव डा. गोविन्दप्रसाद आचार्य, सहकारी विद डा. ज्ञानेन्द्रप्रसाद पौडेल, वरिष्ठ समाजसेवी बिष्णुनाथ सापकोटा, पुर्ब सि.डि.ओ प्रकाश पौडेल, जिल्ला सहकारी संघ सञ्चालक गणेश केसि, कास्कुन लेखा समिति संयोजक कमल राज अधिकारी, धौलागिरी समाज नेपाल उपाध्यक्ष भक्तराज भुसाल, केदार नाथ गौतम, बाग्लुङ समाज अध्यक्ष तथा राधाकृष्ण सुधार समाज अध्यक्ष पदम नाथ सापकोटा, म्याग्दी समाज अध्यक्ष रमेश सुबीदी, मुस्ताङ समाज अध्यक्ष शक्ति लाल ज्वाराचन , राईजिङ्ग स्तार कलेज प्रीन्सिबल आर.बि. अधिकारी , ईको हिमाल अध्यक्ष प्रेम श्रेष्ठ, प्रबन्ध निर्देशक लेखनाथ पौडेल, आई एम ई सहकारी संस्था लि सिइओ अर्जुन पौडेल शर्मा, फेडरल सहकारी संस्था लि. प्रबन्ध निर्देशक टुक नाथ ढंकाल, ग्लोबल बैंक वरिष्ठ प्रबन्धक चमत्कार पौडेल, समाजसेवी धन प्रसाद पौडेल, सिभिल बैंक शाखा प्रबन्धक प्रकाश गुरागाई, टोल सुधार समिति खरिबोट अध्यक्ष गोपालप्रसाद रिमाल, समाजसेवी, सहकारीका अगुवाहरु, संस्थाका संस्थापक तथा शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । संस्थाले सामाजिक सेवाको लागी रु १ करोड को अक्षय कोष स्थापना गरेको छ । माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. काठमाडौंमा सफल संस्थाका रुपमा रहेको र आफ्नै भवन बाट कारोबार गर्ने सफल संस्था रहेको प्रबन्धक रामचन्द्र पौडेलले बताएका थिए ।

Leave a Reply