म्यानेजर्स क्लब कास्कीको अवलोकलन भ्रमण


कास्की जिल्लाको पोखरामा रहेको को–अपरेटिभ म्यानेजर्स क्लबले तीनदिने सहकारी अवलोकन भ्रमण सम्पन्न गरेको छ । सहकारी संस्थाहरुको वित्तिय व्यवस्थापनलाई थप बलियो बनाउन र व्यवस्थापकहरुको सहकार्यतालाई थप मजबुत बनाउनको लागि एसियाली स्तरको एक्सिस ब्राण्ड प्राप्त संस्थाहरुमा उनिहरुले अवलोकन गरेका थिए ।
काभ्रे जिल्लाको बिन्धबासीनी साकोस, सामुदायिक साकोस र बुडोल सामुदायिक साकोसका व्यवस्थापकहरुको सहकार्यमा छलफल तथा अन्तक्र्रिया गरिएको को–अपरेटिभ म्यानेजर्स क्लब कास्कीले जानकारी दिएको छ, । क्लबका अध्यक्ष मिलन ढकालको अध्यक्षतामा गएको उक्त भ्रमण टोलीले राष्ट्रिय सहकारी बैंकको टोलीसँग अन्तक्र्रिया गरेको थियो । व्यवस्थापकलाई विशेष रुपमा सहभागी गराउनको लागि वरिष्ठ प्रशिक्षक कृष्णकुमार श्रेष्ठले तालिम पनि दिएका थिए । उक्त तालिममा कास्कीका ३२ जना व्यवस्थापकको सहभागिता रहेको थियो ।

Leave a Reply