साथी बचत तथा ऋण सहकारीको ११ औं साधारण सभा

मोहत्तरी जिल्लको बर्दिबासमा रहेको साथी बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष उत्तम कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको गरिसकेको छ । बर्दिबास नगरपालिका प्रमुख विदुर कुमार कार्कीले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।
बार्षिक साधारण सभाको अवसर पारेर संस्थाल जेष्ठ नागरिक, असल बचतकर्ता, असल ऋणि लगायत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको छ । विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै वृद्ध—वृद्धालाई सम्मान गर्र्दैै मह वितरण पनि गरेको थियो । संस्थाको हालसम्मको शेयरपूँजी ४० लाख ९३ हजार ६ सय, बचत संकलन १ कारोंड ७९ लाख ३ हजार ५ सय ४० रहेको छ भने कारोबार २ करोंड ९२ लाख ४९ हजार १ सय २६ रुपैया रहेको संस्थाले जनाएको छ ।
