बर्दिबास सहकारीको ७ औं बार्षिक साधारण सभा

मोहत्तरी जिल्लाको बर्दिबास चोकमा रहेको बर्दिबास बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा बर्दिबास नगरपालिकाका नगर प्रमुख विदुर कुमार कार्कीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष शंकरकुमार श्रष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सो सभामा जिल्ला सहकारी संघ मोहत्तरीका अध्यक्ष लक्ष्मण यादव, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णबहादुर सिंह लगायत विभिन्न सहकारी संस्था र अन्य क्षेत्रका प्रतिनिधिहरुको उपस्थिती रहेको जनाइएको छ । अन्तरारष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको यस संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगतका विभिन्न कार्यक्रमहरु संचालन पनि गर्दै आएको छ । बार्षिक सभारण सभाको अवसर पारेर संस्थाले जेष्ठ नागरिक, उत्कृष्ट ऋणि, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट लघुवित्त समूह, उत्कृष्ट कर्मचारी, वडामा निर्वाचित प्रतिनिधि लगायतहरुलाई सम्मान पनि गरेको थियो ।
