स्यूचाटारको १२ औं साधारण सभा


स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले आवको अन्त्यसम्ममा ५ करोड १७ लाख शेयर पूँजी संकलन गरेको छ भने ४७ करोड ४७ लाख बचत संकलन र ४४ करोड ६६ लाख ऋण लगानी गर्दै आएको छ ।संस्थाले सो अवधिमा १ करोड ७० लाख सञ्चालन नाफा आर्जन गरेका जनाएको छ । संस्थाको शेयरसहित जगेडा कोषहरुमा ८ करोड ३७ लाख रुपैया पुगिसकेको छ ।
उक्त संस्थाले सदस्य राहत कोष अन्तर्गत सदस्यहरुलाई आर्थिक सहयोग पनि गर्दै आएको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर स्वास्थ्य शिविर,रक्तदान, दौड प्रतियोगित, सामुदायिक विद्यालयका विद्यार्थीबीच निबन्ध प्रतियोगिता, सरसफाई जस्ता विविध कार्यक्रम गर्दै आएको छ । साधारणसभाले नयाँ सञ्चालक समिति पनि चयन गरेको छ । संस्थाको अध्यक्षमा साधुराम गौतम निर्र्वािचत भएका भने संस्थाको उपाध्यक्षमा रामेश्वर प्रसाद गौतम, सचिवमा कृष्णहरि खत्री र कोषाध्यक्षमा बन्दना थापा खड्का निर्र्वािचत भएका थिए । त्यसैगरी सञ्चालक समिति सदस्यमा किरण गिरि, भाइराम थापा, धनन्जय शर्मा अधिकारी, डा बैकुण्ठ पराजुली, रामचन्द्र भट्टराई चयन भएका छन् । संस्थाको लेखा सुपरिवेक्षण संयोजकमा कृष्णप्रसाद लामिछाने र सदस्यहरुमा रिता देवकोटा, विदुर बुढाथोकी चयन भएको जनाइएको छ ।
नागार्जुन नगरपालिकाका मेयर प्रमुख अतिथि मोहन बस्नेतले उद्घाटन सभामा बोल्दै स्थानीय तह र सहकारी मिलेर यस क्षेत्रको आर्थिक सामाजिक विकासमा काम गर्न सकिने बताएका थिए । सहकारीहरुबीच एकिकरण गरी उत्पादनमूलक काममा लाग्नुपर्ने बताउँदै उनले ३ खम्बे अर्थनीतिको भूमिका सहकारीले खेल्न सक्नुपर्नेमा उनले जोड समेत गरे ।
संस्थाका अध्यक्ष गौतमले सुरक्षित र गुणस्तरीय लगानीका साथै विश्वसनीय, पारदर्शी र प्रभावकारी ढंगले सदस्यहरुलाई अधिकतम सेवा प्रदान गर्दै आएको जनाए । संस्थाले सदस्यहरुलाई सक्षम बनाउन जनचेतना अभिवृद्धि, सहकारी शिक्षा, उद्यमशीलता, कृषि, पशुपालन र सीपमूलक तालिम तथा गोष्ठीको आयोजना गर्दै आएको छ । । संस्थाले आफ्नै भवन बनाउनका लागि एक रोपनी जग्गा खरिद गरिसकेको जनाइएको छ ।

Leave a Reply