कोलमतेश्वर सहकारीको रक्तदान सम्पन्न
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका –५ थलीममा रहेको कोलमतेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा थली चौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो सहकारी संस्था स्थापना भएको १३ वर्ष पूरा भई १४ वर्ष लागेको सुखद अवसरमा उक्त रक्तदान कार्यक्रम गरेको र यस्ता सामाजिक तथा रचनात्मक कार्यक्रम हरेक वर्ष हुदै आईरहेको सो संस्थाका अध्यक्ष कुशश्री न्यौपानेले सहकारी सञ्जाललाई बताए । सो कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेको संस्थाकी सचिव कमला न्यौपानेको भनाई छ । संस्थाले अघिल्लो हप्ता पनि बनभोज कार्यक्रम आयोजना गरेको थियो ।
