२ नम्बर प्रदेशको रेकर्ड तोड्दै उत्कृष्ट सम्मानमा नव विकास सहकारी

रौतहट जिल्लाको चन्द्रनिगाहपुर हाईवे रोडमा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड २ नं प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा सम्मानित भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ले २७ औं बार्षिक साधारण सभाको अवसर पारेर भूमि व्यवस्था तथा सहकारी निवारण मन्त्री पद्मा अर्याल तथा संघका अध्यक्ष डिबि बस्नेतको हातबाट उक्त उत्कृष्ट सम्मान प्रदान गरिएको हो । सो पुरुस्कार नवविकास सहकारीका अध्यक्ष देव बहादुर सापकोटाले हात पारेका हुन् । सोहि दिन संस्थालाई प्रोवेशन ब्राण्ड प्राप्त संस्थाको रुपमा पनि पुरस्कृत गरियो ।
२०६५ सालमा ३५ जना शेयर सदस्यहरुबाट ३५ लाख बचत संकलन गरी कारोबार संचालन गर्दै आईरहेको यस संस्थाको शेयरपूँजी अहिले आएर डेढ करोडको हाराहारीमा पुगिसकेको छ भने कारोबार १३ करोड रहेको जनाईएको छ । हालसम्म बाल बचत सहित १९७५ सदस्य संस्थामा आबद्ध रहेक छन् ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर संचालन, हस्टिलमा बिरामीहरुलाई औषधी राख्ने टेवुल वितरण, बिरामीहरुलाई फलफुल वितरण जस्ता कार्यहरु पनि गर्दै आईरहेको छ ।
साथै सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी गोष्ठी, लेखा, ऋण, व्यवस्थापन सम्बन्धी तालिमहरु पनि संचालन गर्दै आएको छ ।