रौतहट जिल्लाकै उत्कृष्ट करदातामा सम्मानित ः संकल्प सहकारी

रौतटहको जिल्लाको चन्द्रनिगाहपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थालाई आन्तरिक राजश्व कार्यालय सिमरा बाराले सम्मान गरेको छ । रौतहट जिल्लाबाट सबै भन्दा बढी आयकर दर्ता गरेको भन्दै राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरिएको हो । गत आव २०७३ ÷७४ मा सो संस्थाले रौतहट जिल्लाबाट सबै भन्दा बढी सरकारलाई राजश्व बुझाएको संस्थाका अध्यक्ष विभु पोखरेल जानकारी दिएका छन् । रौतहट जिल्लामै उत्कृष्ट सेवा प्रदान गर्दे आएको सो संस्थाले चन्द्रपुर नगरपालिकामा आफ्नै आधुनिक भवन निर्माण कार्यको शिलन्यास गरिसकेको छ ।
